राम रहीमकी हनीप्रित इटहरीमा भेटिइन् 

आफ्ना दुई साधुनीलाई यौनशोषण गरेको आरोपमा २० बर्षको जेल सजाय काटिरहेका राम रहीमले छोरी बनाएकी हनीप्रित सुनसरी र मोरङको कुनै ठाँउमा लुकेर बसेको दावी भारतीय प्रहरीले गरेको छ ।

भारतबाट एकाएक फरार भएकी उनको खोजी गरिरहेको भारतीय प्रहरीले नेपालको इटहरी आसपासमा देखिएको दावी गरेको छ ।सुनसरीको इटहरीमा देखिएपनि हनीप्रित मोरंङ जिल्लाको कुनै ठाँउमा लुकेर बसिरहेको हुनसक्ने प्रहरीको आशंका छन ।प्रहरीका अनुसार उनले लगातार आफ्नो ठेगाना परिवर्तन गरिरहेका कारण उनलाई पक्राउ गर्न समस्या भइरहेको छ ।हनीप्रितलाई पक्राउ गर्न भारतीय प्रहरीले नेपालप्रहरीसँग सहयोगको लिई खोजीकार्य गर्ने तयारी गरिरहेको छ ।

रामरहीमको आश्रममा बस्ने एक साधुनीका अनुसार हनीप्रित नेपालको महेन्द्रनगरको बाटो हुँदै भारतको सीमा पार गरेको बताएकी छिन् ।हनीप्रित कञ्चनपुर, घोराही हुँदै रामरहीमको गोप्यस्थानमा पुगेको उनले बताइन् ।
उदयपुर प्रहरीको हिरासतमा रहेका बाबा राम रहीमका भक्त प्रदीपका अनुसार पनि हनीप्रित नेपालमै लुकिरहेको भारतीय प्रहरीको दाबी छ ।

आश्रममा रहेकी उक्त साधुनीले रामरहीमको अपराधमा हनीप्रितको पनि बराबर हिस्सा रहेको बताएकी छिन् ।उनका अनुसार ती दुबैजना एउटै कोठामा सुत्ने र कही घुम्न जाँदा समेत एउटै कक्षको प्रयोग गर्ने गरेको उनले खुलाइन् ।

हनीप्रितको खोजीको लागि हरियाणा प्रहरीले १ सेप्टेम्बरमा लुक आउट नोटिस जारी गरेको थियो । हनीप्रित २५ अगस्टदेखि फरार रहेकी छिन् ।बाबा राम रहीममाथि अदालतले २० बर्ष जेलसजाय सुनाए लगतै उनी गायब भएकी थिइन् ।र, उनी सम्मिलित समर्थकहरुले पंचकुलामा हिंसा फैलाइएको थियो जसमा ३० जनाको मृत्यु भएको थियो ।हनीप्रित बिहारको बाटो हुँदै नेपाल छिर्ने भारतीय प्रहरीले पहिला नै शंका गरेको थियो ।

जब रामरहीमका भक्त प्रदीपले हनीप्रित भागेर नेपाल पुगेको बताए तब भारतीय प्रहरीको शंका सत्य भएको थियो ।नेपालमा अहिले प्रदेश दुईको स्थानीय चुनाव भइरहेका कारण उनको खोजीकार्य केही समय रोकिएको भारतीय प्रहरीले बताएका छन् ,बर्ण मालामा उल्लेख छ । चाँडै नै नेपाल प्रहरीको सहयोगमा हनीप्रितको खोजीकार्य तीब्र पार्ने तयारी भएको छ ।  न्यूजअभियानबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here