अमेरिकाले उत्तर कोरियालाई पूरै ध्वस्त पार्ने 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई पूरै ध्वस्त पार्ने धम्की दिएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा पहिलो पटक बोल्दै ट्रम्पले ‘रकेट म्यान’ किम जोङ उन आफू र आफ्नो देशका लागि आत्महत्याको अभियानमा रहेको बताएका हुन्। उत्तर कोरियाले आफूलाई नरोके त्यसलाई पूर्णतयाः ध्वस्त गर्नुभन्दा अर्को विकल्प आफूसँग नरहेको ट्रम्पले बताएका हुन्। उनले उत्तर कोरियाका कारण पूरै विश्व खतरामा परेको बताए।

‘यदि अमेरिकाले आफू र आफ्नो गठबन्धनको प्रतिरक्षा गर्नुपर्ने अवस्था हामीसँग उत्तर कोरियालाई पूरै ध्वस्त पार्नुको विकल्प रहेनछैन,’ ट्रम्पले भने। उनले उत्तर कोरिया र इरानलाई ‘दुष्ट राष्ट्र’ को संज्ञा दिए। इरानलाई ‘भ्रष्ट तानाशाही’ को संज्ञा दिँदै इरानसँगको आणविक सम्झौता एकपक्षीय भएको आरोप लगाए।

भेनेजुएलाको वामपन्थी सरकारको भर्त्सना गर्दै ट्रम्पले त्यहाँको अवस्था अस्वीकार्य भएको बताए। समाजवादी विचारधाराको आलोचना गर्दै ट्रम्पले त्यसले संसारमा ‘पीडा, विनाश र असफलता मात्रै ल्याएको’ बताए। भेनेजुयलाको समाजवादी सत्ताले एक सुन्दर राष्ट्रलाई ध्वस्त पारेको आरोप उनले लगाए

ट्रम्पले विश्वको एक हिस्सा नर्कमा पुग्ने बताए। ‘संसारको ठूलो हिस्सा द्वन्द्वमा छ,’ उनले भने, ‘वास्तवमा केही हिस्सा नर्कमै गइरहेको छ।’ उनले अमेरिकाले अरुमाथि आफ्नो जीवनशैली नलाद्ने पनि बताए।

महासभालाई ४१ मिनेट सम्बोधन गरेका ट्रम्पले आफूले जहिल्यै अमेरिकालाई पहिलो स्थानमा राख्ने दोहोर्‍याए। सो क्रममा उनले आतंकवाद, आप्रवासन, अमेरिकी मध्यमवर्ग, शरणार्थी समस्या, आदिबारे बोलेको थिए। नेपालखवर