सडकमा आरजुको आतंक, भाई मार्फत यस्तो हर्कत

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत शाखा अधिकृत सरुवामा पनि बालुवाटारमा आरजु राणाको हस्तक्षेप हुने गर्दछ । कांग्रेसमा कोइरालाहरुको शासन भन्दा देउवाको शासनमा परिवारवादले सीमा नाघेको छ । सडक विभागका आयोजना, डिभिजनका सरुवामा समेत आरजुका भाइ भूषण राणाको निर्णय लागू हुने गरेको छ ।

सडक विभाग अन्तर्गतका ठेक्कापट्टाका निर्णय अहिले बालुवाटारस्थित प्रधानमन्त्री पत्नी आरजुको निर्देशन अनुसार हुने गर्दछ । आयल निगममा अर्बौंको घाटालामा गोपाल खड्का बर्खास्त भए, तर सडकका ठेक्कामा भएका र भइरहेको अर्बौं घोटालामा महानिर्देशक गोपाल सिग्देलको बारेमा अख्तियारदेखि कुनै निकायको ध्यान जान नसकेको दृष्टिमा खबर छ ।

सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले सडकका ठेक्कामा अर्बैंका भ्रष्ट्राचार गरेका छन् । उनी महानिर्देशक भएपछि आरजुकै आदेशमा एक महिनाभित्र करिब २० अर्बको ठेक्का टुंग्याउन लागिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here