माओवादी र राजपाले खाता खोले, कांग्रेस एमाले किन पछाडी ?

प्रदेस २ को स्थानीय निर्वाचनमा माओवादी र राजपाले एक एक नगरपालिका जितेर खाता खोलेका छन् । सिराहाको कर्जन्हा नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका मेयरका उम्मेदवार गंगा पासमान विजयी भएका हुन् । त्यहाँ नेकपा एमाले र माओवादी केन्द्रको कडा प्रतिष्पर्धा देखिएको थियो ।

उता धनुषाको हंशपुर नगरपालिका मेयरमा राष्ट्रिय जनता पार्टीका उमेदवार रामज्ञान मण्डल निर्वाचित भएका छन् ।  मण्डल ३ हजार ३२० मत ल्याउँदै विजयी भएका हुन् । त्यस्तै उपाध्यक्षमा पनि राजपाकै रेणुदेवी झा ३ हजार २७६ मत प्राप्त गरी विजयी भएकी छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्दी कांग्रेस उमेदवार प्रदीपकुमार यादवलाई पराजित गरेका हुन् । हंशपुरमा फोरमका रामनारायण कापडी र एमालेको तर्फबाट शशिल कुमार उमेदवार रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here