२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनुषाबाट खाता खोलेको छ । एमालेले धनुषाको बटेश्वर गाउँपालिकामा जित हात पारेको छ ।
एमालेका डम्बर बहादुर राउत २३७७ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उनका निकतम प्रतिद्धन्द्धी राम आशिष महतोले २१९६ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकै इन्दिरा सिंह २२९० मत प्राप्त गरी विजयी भइन् ।
यस्तै सप्तरीको सप्तकोसी नगरपालिकामा पनि एमाले प्यानलसहित विजयी भएको छ । मेयरमा उत्तम गौतमले ३०३९ मत प्राप्त गरे । उनका निकतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका ध्रुब कार्कीले १८८३ मत प्राप्त पारे ।
यस्तै उपमेयरमा एमालेकै आशा चौधरी विजयी भएकी छन् । २ नम्बर प्रदेशमा एमालेले अहिलेसम्म् २ तह जित्दा कांग्रेस माओवादी र राजपाले १/१ तह जितेका लोकान्तरमा खवर छ ।