बिहान् १०:१५ बजेसम्मको अपडेट एमाले पहिलो

प्रदेश नं २ को स्थानीय तहको निर्वाचनको १२ स्थानको नतिजा सार्वजनिक भएको छ । नेकपा एमालेले ४ स्थानीय तहमा विजयी हाशिल गर्दा नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमले २-२ स्थानमा जीत हात पारेका छन्। यस्तै रापजा र संघीय समाजवादी फोरमले एक-एक स्थानमा विजयी भएका छन्। कहाँ कसले जिते?

नेकपा एमाले-४
सप्तकोशी नगरपालिका, सप्तरी

सप्तरी सप्तकोशी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार उतम कुमार शर्मा विजयी भएका छन्। उनले आफ्ना निकटम प्रतिस्पर्धी माओवादीका ध्रुव कार्कीलाई हराएका हुन्। एमालेका शर्माको ४३ सय ६१ मत आउँदा माओवादीका कार्कीको ३६ सय ९० मत पाएका थिए।

उपप्रमुखमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन्। उपप्रमुखमा एमालेकी आशा चौधरी ४ हजार ४ सय ६२ मत सहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी माओवादीकी राज कुमारी चौधरी ३ हजार ८ सय ८६ मत ल्याएको निर्वाचन अधिकारी राजेन्द्र कुमार लम्सालले जानकारी दिए।

पटेर्वा सुगौली गाउँपालिका, पर्सा

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका अध्यक्षका उम्मेदवार हरिनारायण चौधरीले २ हजार ९ सय ५७ मत प्राप्त गरी विजयी भएका हुन्। चौधरीले नेपाली कांग्रेसका उम्मेदवार दिनेश चौधरीलाई ९० मतको अन्तरले पराजित गरेका हुन्। दिनेश चौधरीले २ हजार ८ सय ६७ मत प्राप्त गरे।

उपाध्यक्षमा भने नेकपा एमालेकी सञ्जु चौधरीलाई हराउँदै नेपाली कांग्रेसकी ममता चौधरी विजयी भएकी छन्।

मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा एमालेका उम्मेद्वार मनोज यादव विजयी भएका छन्।

बटेश्वर गाउँपालिका, धनुषा

धनुषाको बटेश्वर गाउँपालिकामा एमालेले जित हात पारेको छ। हालै सार्वजनिक भएको मत परिणाम अनुसार धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षमा एमालेका डम्बर बहादुर राउत २ हजार ३ सय ७७ मत ल्याई विजयी भएका हुन्।

उनका निकटतमप्रतिद्वन्द्वी कांग्रेसका रामअशिष महतो २३०३ मत ल्याए । त्यस्तैगरी उपाध्यक्षमा एमालेकै प्रमिला देवी २ हजार २ सय ९० मत ल्याई विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जनारसीदेवीले २ हजार १ सय ९६ मत ल्याइन् ।

बटेश्वर गाउँपालिकाको १ र ५ को वडाध्यक्षमा कांग्रेस विजयी भएको छ । त्यस्तै एमालेले ३ र ४ र नेकपा माओवादीकेन्द्रले २ वडामा जित हासिल गरेको छ।

नेपाली कांग्रेस- २

नेपाली कांग्रेसले पनि प्रदेश नम्बर दुईमा विजयी सुरूआत गरेको छ। धनुषाको औरही गाउँपालिका अध्यक्षमा कांग्रेसका ब्रह्मदेव यादवले २५६९मत ल्याएर विजयी भए। यस्तै उपाध्यक्षमा कांग्रेसकै मिरा सहनी २४९४ मत ल्याएर विजयी भइन्।

नवराजपुर गाउँपालिका, सिरहा

सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ। अध्यक्षमा कांग्रेसका विश्वमोहन प्रसाद यादव २ हजार ३०३ ल्याएर विजयी भए। यस्तै उपाध्यक्षमा कांग्रेसकै शोभाकुमारी यादव २ हजार ३७७ मत ल्याएर विजयी भएकी छन्।

माओवादी केन्द्र-२

कर्जन्हा नगरपालिका, सिराहा

सिरहाको कर्जन्हा नगरपालिकाबाट माओवादी केन्द्रले विजयी सुरूवात गरेको छ।माओवादी केन्द्रका गंगा पासवान मेयरमा र उपमेयरमा पार्वती श्रेष्ठ विजयी भएका हुन्। २ नं प्रदेशमा माओवादीको यो पहिलो जीत हो। मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन्। यसैगरी उपमेयरमा ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भएकी छन्।

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० र उपमेयरमा एमालेकै अञ्जु रायले २ हजार ९४५ मत पाए। यो क्षेत्रबाट दोस्रो संविधान सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए ।

अर्नमा गाउँपालिका, सिरहा

सिरहाको अर्नमा गाउँपालिकामा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन्। अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरी विजयी भएका हुन्। उनले २४३६ मत प्राप्त गरेका हुन्। महतोले एमालेका चन्द्रेश्वर मण्डललाई पराजित गरे। मण्डलले २२०९ मत प्राप्त गरे।

उपमेयरमा भने एक मत अन्तरले माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार सीयावती मुखिया विजयी भएकी हुन्। उनले २२९९ मत ल्याइन् भने एमालेकी उम्मेदवार रामकुमारी महतोले २२९८ मत प्राप्त गरिन्।

लोकतान्त्रिक फोरम-२

ईशानाथ नगरपालिका, रौतहट

रौतहटको ईशानाथ नगरपालिकाको मेयरमा नेपाल फोरम लोकतान्त्रिकका उम्मेद्वार विजयी भएका छन्। फोरम लोकतान्त्रिकका उम्मेद्वार सन्तोष मेहताले ५ हजार ७ सय ८५ मत ल्याएर मेयरमा विजयी भएका हुन्। उपमेयरमा पनि फोरम लोकतान्त्रिककै हुसनी आरा खातुनले ५२३६ मत प्राप्त गरी विजयी भएकी छन्। यो सँगै फोरम लोकतान्त्रिकले पनि प्रदेश नम्बर २ मा विजयी खाता खोलेको छ।

विस्णु गाउँपालिका, सर्लाही

सर्लाहीको विष्णु गाउँपालिकाको प्रमुखमा फोरम लोकतान्त्रिकका उम्मेद्वार विजयी भएका छन्। फोरम लोकतान्त्रिकका उम्मेद्वार जवाहरलाल यादवले १९४६ मत ल्याएर विजयी भएका हुन्।

संघीय समाजवादी फोरम-१

विष्णुपुर गाउँपालिका, सिरहा

संघीय समाजवादी फोरमले सिरहाबाट विजयी खाता खोलेको छ। सिरहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा समाजवादी फोरमका जागेश्वर यादव विजयी भएका हुन्। उनले १ हजार ९ सय ४० मत ल्याएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सत्यनारायण यादवले १ हजार २ सय ८० मत ल्याएका छन्।

उपाध्यक्षमा पनि समाजवादी फोरमकै अरहुलादेवी सिंह विजयी भएकी छन्। उनले २ हजार ७ मत पाएकी छन्। उनकी निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी ललितादेवी यादवले १ हजार २ सय २० मत पाएकी छन् ।

राजपा-१

हंसपुर नगरपालिका, धनुषा

धनुषाको हंसपुर नगरपालिकामा राजपामा उम्मेदवार रामज्ञान मण्डल विजयी भएका छन्। उनले ३३२० मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी कांग्रेस उम्मेदवारले ३२१९ मत पाएका थिए। निर्वाचन अधिकृत जीवनाथ पोखरेलका अनुसार नगरपालिकाको उपमेयरमा पनि राजपाकी उम्मेदवार रेणु झा विजयी भएकी छन्। उनले ३२७६ मत पाइन्।pathivaranews

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here