काठमाडौंको पेप्सीकोलामा केहीवेर अघि दोहोरो भिडन्त,केही घाइते 

प्रहरी र गुण्डा नाइके रामेश्वर गाैतमबीच काठमाडौंमा दाेहाेराे भिडन्त भएकाे छ।

गुण्डा नाईके मिलन चक्रेका ‘राइट हयाण्ड’ गाैतमलाई पक्राउ गर्न गएकाे टाेली उपर गाेली चलाएपछि जवाफी कारबाही गरिएकाे अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लाेहनीले दाबी गरे।

काठमाडौैको पेप्सीकोलास्थित मनहरा खोलाको पुलमा साँझ साँढे ७ बजे प्रहरीले गोली चलाएको थियो। प्रहरीले उनीमाथि तीन राउन्ड गोली चलाएको थियो। तर, एक गाोलीमात्र लागेको थियो। गौतमलाई दाहिने गोडामा गोली लागेको छ। नेपाल लाइभ

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here