यी ४ रासी भएकाहरुले भोली बिशेष सतर्कता अपनाउनुहोला

दैनिक रासीफल : २०७४ असोज ८ गते आइतवार 

मेषः– समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । आलस्यता बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । आफन्तबाट धोका हुनसक्छ । तनावमा कुनेै काम नगर्नुृ होला । अनावस्यक खर्च बढ्नेछ ।

वृषः– सहास धैर्यता पराक्रम बढ्नेछ । निर्णय क्षमता बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । वित्तिय क्षेत्रमा पनि सुधार आउनेछ ।

मिथुनः– कारोवार गर्दा विचार गर्नु होला । प्रयास प्रयत्न सफल हुनेछन् । निर्णय क्षमता कमजोर रहनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काममा स्थायित्व दिनु पर्ने देखिन्छ ।

कर्कटः– काम गर्ने जोश जागर बढ्नेछ । उत्तम भोजन र आसन प्राप्तिको सामान्य योग देखिन्छ । अनावस्यक खर्चमा थोरै नियन्त्रण आउनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

सिंहः– व्यापार व्यवसायबाट नाफा भन्दा घाटा बढि हुनसक्छ । अनावस्यक काममा समय लगानी हुुनेछ । फजुल खर्च बढ्नेछ । झुट्टा कुराले पिरोल्न छाड्ने छैन । भावावेगमा काम नगर्नु होला ।

कन्याः– काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । केहि बक्यौता रकम उठाउन सकिनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । खर्च नियन्त्रण गर्नु होला । पारिवारिक सुख शान्ति मिल्नेछ ।

तुलाः– अधुरा काम आज फस्र्यौट हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ स्थान मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । काम गरेर अनुसारको उपलब्धि हासिल हुनेछ । व्यक्तित्व प्रभाव बढ्नेछ ।

वृश्चिकः– मानसिक तनाव कम हुनेछ । आस्था र विश्वास बढ्नेछ । फलदायी धार्मिक यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । उपकारी काममा मन जानेछ ।

धनुः– काम काजमा अवरोध आउने देखिन्छ । शारीरिक दूर्वलता एवं मानसिक तनाव बढ्न सक्छ । घर परिवारमा अशान्ति बढ्न सक्छ । अनावस्यक काममा समय र धन लगानी बढ्नेछ ।

मकरः–थोरै संवेदनशिल भएर काम गर्नु होला । दैनिक काम काजमा प्रगति हुनेछ । नजिकका व्यक्तिबाट सहयोग सहानुभूति मिल्नेछ । घर परिवारमा सुख शान्ति मिल्नेछ । व्यापारबाट उचित लाभ लिन सकिनेछ ।

कुम्भः– तपाई माथि शत्रुको बक्रदृष्टि पर्ने भएकोले काम गर्दा सतर्क हुनुहोला । गोपनीयता अप्नाई मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । काम अनुसारको प्रतिफल पनि राम्रै मिल्नेछ ।

मीनः– आवेगमा आएर काम नगर्नु होला । योजना बनाएर समयमा निर्णय लिन सकिएमा गरेका कामबाट केहि फाइदा लिन सकिनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here