बाटो सुनसान थियो, उसले मलाई देखिन, मैले पनि चिनिन तर उ भिन्नै तरिकाले..

ऊ एक सुरले रोडको छेऊ-छेऊ आफैसंग बात मार्दै हिड्थ्यो l पातलो शरीर, अग्लो जिउ, च्यातिएका र मैला कपडा, ठाउँ ठाउमा प्वाल परेका पाएन्ट, र धुलो मैलो कपाल l कहिले काहीं त अनुहारमा विभिन्न किसिमको रंग पोतेको हुन्थ्यो

ऊ रफ्तारका साथ एकोहोरो सुरु-सुरु हिड्थ्यो; कहीं जानको लागि बस छुट्ला जस्तो गरि l पौषको चिसोमा पनि पातलो एकसर्को मात्र कपडा हुन्थे, जोडी नमिलेका चप्पलमा रसिले बाधेर बनाइएका तोनाहरु हुन्थे l रातभर सुतेको हुदैनथ्यो क्यार! दिउसो घाम लाग्दा मन्दिर नजिकैको काठको बेन्चमा पल्टिएर बस्थ्यो l एक छिन सुते जस्तो गर्थ्यो, फेरी जुरुक्क उठथ्यो l

करिब आधा किलोमीटर हिडेपछि, टक्क अडिनथ्यो, फनक्क फर्कन्थ्यो र जुन बाटो आएको उही बाटो फर्कन्थ्यो l ऊ देखेर मान्छेहरु तर्कन्थे, पछाडी फर्केर उसको हिडाई र हाउभाउ हेर्थे l उसलाई भने आँफूप्रति अरु कसैको धारणा र विचारमा मतलब छैनl आफ्नै दुनियामा हुन्थ्यो l मानौं उसको आफ्नै संसारमा निकै संकट आएकाले संकट निवारणमा ऊ गहिरो सोचमा छ र तर्क बितर्कको बहसमा ब्यस्थ छl

होटेलको नजिकै जान्थ्यो, हात फैल्याउथ्यो, होटेल्नी दिदिले समोसा ऊसको हातमा राखीदिन्थिन्  हातमा पाएको समोसा मुखमा हाल्दै ऊ फेरी आफ्नो गन्तब्य तर्फ़ लाग्थ्यो  कहिले चौतारोको ठुलो ढुंगामा एक्लै बागगोटी खेल्थ्यो  बाग पनि आफै चाल्थ्यो, बाख्रा पनि आफै चाल्थ्यो l उसका दर्सक पनि थिए क्यार! वरिपरि हेरेर हास्दै कुरा गर्थ्यो

नजिकैको चहल पहल उसलाई मतलब थिएन, गाडीका हरनहरुको पनि केहि मतलब थिएन; आफ्नै सुरमा हुन्थ्यो  उस्को घर कहाँ हो कसैलाई थाहा थिएन  उसंग कोहिपनि संगै बसेको एक पटक पनि देखिएन l कसैलाई मतलब पनि थिएन  धेरै जसो चाहिं ऊ नजिकै जान डराउथें

पोखराबाट आएको बसले ल्याएर बाटोमा छोडेर गएको रे! —————————— यो पात्र नेपालका प्रत्येक साना-ठुला सहर बजारमा कम्तिमा १-२ जना भेटिन्छन्  माथिको उदाहरणको पात्रलाई Schizophrenia (disorganized type) भन्ने मानसिक समस्या भएको हुन सक्छ

सबै Schizophrenia का बिरामी यो पात्र झैं ब्यभारिसे भएर घर छाडेर हिंड्दैनन् l यो समस्या बेलैमा पहिचान गर्न सकियो र नियमित औषधि खुवाउन सकियो भने लक्षणहरु लगभग पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ  Morang Online

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here