युवती बेचेर दशै खर्च,यस्ता पापीहरुलाई तपाई के भन्नुहुन्छ ?

दशै खर्च बनाउन हिडेकी युवती बेचिनलाग्दा उद्दार भएको छ । पश्चिमी सीमा नाका गडडचौकी हुँदै भारततर्फ जान लागेका बैतडी र मोरङका दुई युवतीको उद्धार गरिएको छ ।

बैतडीकी २३ र मोरङ भुर्कियाकी ४० वर्षीया युवतीको माइती नेपाल कञ्चनपुरले उद्धार गरेको हो । भारततर्फ जान लागेका दुवै जनासँग आवश्यक कागजात फेला नपरेपछि जोखिममा पर्न सक्ने भएकाले सीमा नाकामा रोकी अद्यावधिक गृहमा राखिएको माइती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टले जानकारी दिए। उनले यस क्षेत्रबाट दशै खर्च जुटाउनपनि युवती बेचिने गरेकोले सजक रहनुपर्नै बताएका छन् ।

बैतडीकी महिला रोजगारीका लागि बैंगलोरतर्फ जाँदै गरेको र मोरङकी महिला आवश्यक कागजात बिना वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक हिँडेको भेटिएपछि उनीहरुको उद्धार गरिएको उनले बताए। दुवै युवतीलाई परिवारको जिम्मा लगाइने उनले बताए।