सवैले चिनौं यी हुन् नेपालको बद्नाम गर्ने विदेशीहरु

नेपालको पर्यटन क्षेत्र असुरक्षित रहेको दुष्प्रचार गर्ने बेलायती पर्यटकमाथि प्रहरीले निगरानी अगाडि बढाएको छ । पर्यटन विभाग र पर्यटक प्रहरीले स्थानीय तहसँगको सहकार्यमा अन्नपूर्ण सर्कल पदयात्रापछि विश्वभर नकारात्मक प्रसार गरेको भन्दै बेलायती पर्यटक जेम्मा र चार्ली बेटेबारे अनुसन्धान गर्ने भएका हुन् ।

३५ वर्षीया जेम्मा र उनका १५ वर्षका छोरा चार्लीले आफ्नो गल्ती ढाकछोप गरी नेपालको प्रतिष्ठामा आँच आउने काम गरेको प्रहरीको ठहर छ । उनीहरू साउन ३० गते अन्नपूर्ण सर्कलमा पदयात्रा गरिरहँदा स्थानीय एउटा चियापसलमा पैसा नतिरी हिँडेपछि पसले महिलाले चियाको पैसा माग्दा नतिरी भिडियो खिचेर सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त भिडियो युट्युब र बेलायतको एउटा अनलाइनबाट पोस्ट भएपछि भाइरल भएको थियो ।

जेम्मा र उनका छोरा चार्लीले ‘पदयात्रा क्षेत्रका होटललगायत विषयमा जानकारी नलिएको र नेपाली दक्ष पथप्रदर्शक प्रयोग नगरी आफूखुसी जथाभावी पदयात्रा गरेको’ प्रहरीको भनाइ छ । घटनाको ४५ दिनपछि बेलायतबाट नेपालको पर्यटन क्षेत्रबारे नकारात्मक सन्देश फैलाउने समाचार सार्वजनिक हुनुले उनीहरूमाथि कुनै अन्याय नभएको प्रस्ट हुने प्रहरीको तर्क रहेको अन्नपूर्णमा खबर छ ।

‘समस्या भए स्थानीय प्रहरीलाई जानकारी दिन सक्थे तर कुनै जानकारी नगराई गलत हिसाबले यो काण्ड मच्चाउने प्रयास भएको छ । उनीहरूमाथि निगरानी सुरु गरेका छौं’, पर्यटक प्रहरी इकाइका अनुसन्धान अधिकृत दिनेश थापाले भने ।पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराई बेलायत पुगेपछि मात्र ती पर्यटकले भिडियो सार्वजनिक गरेबाट आशंका पैदा भएको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here