यिनले घोषणै गरिदिए-‘महिलाको दिमाग एक चौथाई मात्र हुन्छ’

साउदी अरबका एक धर्मिक नेताका अनुसार महिलाले गाडी चलाउन सक्दैनन् किनभने उनीहरुको एक–चौथाई दिमाग हुन्छ । उनको यो बयानसहितको भिडियो भाइरल भएको छ । नेता शेख साद अल हजारीको एक भिडिया सार्वजनिक भएको छ जसमा उनले महिलासँग पुरुषको भन्दा आधामात्र दिमाग हुने बताएका छन् ।

उनका अनुसार महिला जब सपिङ गर्न जान्छन् तब उनीहरुको दिमाग अझै घटेर एक चौथाई मात्र बाँकी हुने बताएका छन् । उनका अनुसार महिलालाई ड्राइभिङ लाइसेन्स दिनु हुँदैन । साउदी अरबको सडक र ट्राफिक सुरक्षा हेर्दा महिलालाई गाडी चलाउने स्वतन्त्रता दिन नहुने उनको भनाई छ ।

उनका अनुसार महिलालाई यस्तै बनाइएको हुन्छ । साथै, उक्त भिडियोमा उनी प्रश्न पनि गरिरहेको देख्न सकिन्छ । उनी सोध्छन्, ‘यदि रोड सेफ्टी अधिकारीलाई कुनै पुरुषमा आधा दिमाग छ भन्ने थाहा भयो भने के उनीहरुले ती पुरुषलाई ड्राइभिङ लाइसेन्स देलान् ?

यदि यस्तो हो भने आधा दिमाग भएका महिलाले कसरी लाइसेन्स पाउँछन् ?’ स्मरण रहोस्, साउदीमा महिलाले गाडी हाँक्न पाउँदैनन् जसका कारण विभिन्न समयमा थुप्रै प्रदर्शन पनि गरिएको छ ।

subashkhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here