बिहानै अर्को दु:खद खवर : मिनीबस र ट्रक दुर्घटनामा १२  को मृत्यु

मध्य चीनको एक राजमार्गमा भएको सडक दुर्घटनामा १२ व्यक्तिको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका मङ्गलबार जनाइएको छ ।

एउटा ट्रकले अर्को लेन र विपरीत दिशाबाट लस्करै आइरहेका तीनवटा मिनीबसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

राजधानी बेइजिङ्ग र औद्योगिक महानगरी जोडिने लामो राजमार्गमा पर्ने हेनान प्रान्तस्थित जिनजियाङ्गमा मङ्गबार बिहान सो दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ । साथै ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here