सेल्फी नखिच्नु अनुहारदेखी दिमागसम्म खरावी

पछिल्लो समय सेल्फी खिच्ने त एउटा ट्रेन्ड नै भएको छ । चाहे त्यो घरमा होस् या अफिसमा जही त्यही सेल्फी खिच्ने र समाजिक सञ्जालमा पोष्ट गर्ने त दिन चर्या नै बनेको छ । यँहा सम्मकी अहिले विभिन्न मोबाइल कम्पनिहरुले मानिसहरुको सेल्फी क्रेजलाई ध्यान दिदै सेल्फी खिच्ने क्यामरालाई विशेष ध्यान दिदै मोबाइलहरु बजारमा ल्याएका छन् । सेल्फी प्रेमीहरुको लागि नराम्रो खबर आएको छ ।

लगातार सेल्फी खिच्नु अब हाम्रो स्वास्थ्यको लागि हानिकारक हुने भएको छ ।छालाका डाक्टरका अनुसार सेल्फी लिनु अनुहारका लागि हानिकारक हुन् सक्दछ । सेल्फी खिच्ने बेलामा मोबाइल फोनको तरंग सिधै अनुहारको छालामा आउने हुनाले अनुहारको छालालाई नोक्सान पुर्याउने गर्दछ ।

यसको कारणले छाला समबन्धि रोगहरु छिटो निको नहुने र छाला खुम्चिने सम्भावना हुने गर्दछ । सेल्फी खिच्दा आउने तरंगका कारण छालामा पर्ने असरका कारण तपाइँले लगाउने सनस्क्रिन तथा अन्य क्रिम तथा लोसनहरुको कुनै असर नहुन सक्दछ ।

त्यस्तै धेरै सेल्फी लिदा हात लामो समयसम्म मोडिने हुनाले एल्बोमा असर अग्रण सक्ने अमेरिकी मेडिसिन विशेषज्ञहरुले बताएका छन् ।

धेरै सेल्फी लिने बानी लाई अमेरिकी साइकोलोजिकल एशोसियसनले एक विरामीको संज्ञा दिदै यसलाई ‘सेल्फाईटिस बिमारी’ नामकरण गरेका छन् । उनीहरुले धेरै सेल्फी खिच्ने बानीलाई आधिकारिक रुपमा दिमागी बिमारीको घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here