थाहा छ जिन्स पाइन्टमा अगाडी सानो पकेट किन हुन्छ ?

आजभोली सामान्यतया जिन्स पाइन्ट युवा हुन् या युवती सबैले लगाउने गर्दछन ।जिन्स लगाएर सबै जना कम्फ़र् टेबल महसुस गर्दछन । तर जिन्स पाइन्ट देखेर एउटा प्रश्न सबैको मन मा उठ्न सक्दछ, त्यो के भने जिन्स पाइन्टको अगाडीको पकेट भित्र पनि सानो पकेट किन हुन्छ ? र यसको के प्रयोग हुन्छ ?

यस पकेटका बारेमा मानिसहरुको आआफ्नो अलग अलग विचार रहेको पाइन्छ, तर हामीले यसको सहि कारण आज बताउदै छौ । सामान्यतया जिन्स पाइन्टमा चार पकेट हुने गर्दछन । आगाडी दुई वटा र पछाडी दुई वटा तर अगाडीको दाहिने पट्टिको पकेट भित्र पनी एक सानो पकेट हुने गर्दछ ।

यस पकेट हुनुको कारण निकै ऐतिहासिक रहेको छ । यस सानो पकेटको सुरुवात सबै भन्दा पहिला लेवी स्ट्रांस नामक कम्पनिले गरेको थियो । जुन अहिले यसलाई सबैले लिवाइजको नामले चिन्दछन ।

यस पकेटको खास नाम वाच अर्थात घडी पकेट हो । जिन्समा यस किसिमको पकेट पहिलो पटक काउ ब्वायहरुका लागि गरिएको थियो । जसम उनीहरुले आफ्नो चेन सहितको घडी राख्न सकुन् ।

यस किसिमको पकेटमा घडी राख्द घडी खस्ने डर पनि नहुने सुरक्षित हुने अर्थमा यस किसिमको पकेट बनाइएको थियो ।अहिले अनि यस किसिमको पकेट भएको जिन्स पाइन्छ तर सबैमा यस्तो पकेट राख्न छोडिएको छ । खरीबोट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here