एनआरएनको अध्यक्षमा भवन भट्ट विजयी,अरु को कस्ले जिते?

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ । काठमाडौंमा भएको संघको आठौं विश्वसम्मेलनबाट अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई पराजित गर्दै भट्ट विजयी हुनुभएको हो ।

सोमबार राति सम्पन्न मतगणनामा भट्टले एक हजार एक सय ९७ मत प्राप्त गर्नुभयो भने गुरुङले ५ सय ८४ मत प्राप्त गर्नुभयो । सम्मेलनमा एक हजार ७ सय ८८ एनआरएन मतदानमा सहभागी भएका थिए ।

यस्तै उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य विजयी हुँदा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित हुनुभएको छ । महासचिवमा डा. बद्री केसी, सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा विजयी भएका छन् ।

क्षेत्रिय संयोजकहरुमा अमेरिका क्षेत्रबाट संयोजकमा गौरीराज जोशीले एक सय १८ मत ल्याएर विजयी भएका छन भने नविन शेरचनले ७५ मत ल्याएर विजयी भएका छन । अमेरिका क्षेत्रको महिला उपसंयोजकमा संगीता लम्साल सिवाकोटी निविरोध भएकी छिन भने युवा संयोजकमा डा बर्षा मोक्तान पनि निर्विरोध भएकी छिन ।

यूरोप क्षेत्रबाट संयोजकमा शिव प्रसाद बरुवालले १ सय ४२ मत ल्याएर विजयी भएका छन भने दुई उपसंयोजक पदमा एकराज गीरिले १ सय ४४ मत र गोविन्द गौतमले २ सय ४ मत ल्याएर विजयी भएका छन । युरोपबाट महिला उपसंयोजकमासंगीता मरहट्टाले ३ सय ११ मत ल्यायी विजयी भएकी छिन भने यूवा संयोजकमा जयकृष्ण ठाकुर निर्विरोध निर्वाचीत भएका छन ।

ओसियानाबाट संयोजकमा धर्मराज अधिकारीले ८४ मत ल्यायी विजयी भएका छन भने उपसंयोजकमा ईश्वर कुईकेल र लोकनाथ पौडेलले १, १ मत पाएका थिए । गोला प्रथाबाट परिणाम घोषणा गरिने निर्वाचन आयोगले जानएको छ । महिला उपसंयोजकमा प्रीति शर्माले ९८ मत ल्याई विजयी भएका छन । ओसिनीयाबाट युवा संयोजकमा ऋषिराम आचार्यले १ सय ४ मत ल्यायी विजयी भएका छन ।

एसिया प्यासिफिकबाट संयोजकमा किरण विक्रम थापाले एक सय २९ मत ल्यायी विजयी भएका छन भने २ पदका लागि भएको उपसंयोजकमा विनाद कुंवरले एक सय ४५ र पारशमणी शर्माले एक सय ५३ मत ल्याएर विजयी भएका छन । एसिया प्यासिफिकबाट महिला उपसंयोजकमा जुनुमाया गुरुड र निर्विरोध भएकी छिन भने युवा संयोजकमा कुनै उम्मेदवारी नै परेको छैन ।

अफ्रिकाबाट संयोजकमा सुनिल कार्की निविरोध भएका छन भने २ उपसंयोजक पदका लागि डा भुवन ढकाल र शिव शर्मा पौंडेल निर्वाचित भएका छन । महिला संयाृजकमा मनकला विष्ट थापा र युवा संयोजकमा बाबुराम लुईटेल निर्विरोध निर्वाचीत भएका छन ।

मिडिल ईष्टबाट क्षेत्रिय संयोजकमा राजेन्द्र शर्माले २ सय ६९ मत ल्याएर विजयी भएका छन भने उपसंयोजकमा गोपाल कडेल र हंसराज ढकाल निविरोध निर्वाचित भएका हुन । महिला उपसंयोजकमा यासयीन बेगम निर्विरोध निर्वार्चित भएका छन भने युवा उपसंयोजकमा राजकुमार बस्नेत निर्विरोध निर्वाचित भएका हुन ।

एनआरएनएका संस्थापका अध्यक्ष डा.उपेन्द्र महतो हुन्। महतोले जिम्मेवारी हस्तान्तरण गरेपछि एनआरएनएमा देवमान हिराचन, जिवा लामिछाने र शेष घले अध्यक्ष भएका छन् ।

को हुन् भट्ट

अध्यक्षमा निर्वाचित भट्ट गोरखाका हुन् । एनआरएनएमा भट्टले जापानबाट प्रतिनिधित्व गर्छन् । शेष घलेको कार्यकालमा भट्ट उपाध्यक्ष थिए । भट्टले जापानमा एक सय भन्दा धेरै होटल चलाएका छन्।

भट्टको समूहले नेपालमा सञ्चार, हाइड्रो, शिक्षा, पर्यटन र पूर्वाधारसहित २९ वटा कम्पनी चलाइरहेको छ। गोरखाबाट जापान पसेका भट्टले सुरूमा होटलमा भाँडा माझेर यात्रा थालेका थिए । होटलमा भाँडा माझ्दै, त्यहीँबाट सिकेको ज्ञानले उनी उद्यमी बन्न सफल भएको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here