सवैले पढ्नै पर्ने एउटा लभ स्टोरी

हिजो तिमि बिना बाच्न सक्दिन भन्ने मान्छे ,आज मेरो साथ मा बाच्न नसक्ने भएकि छिन !  यो कथा आज भन्दा करिब ५ वर्स अगाढि को हो।
म प्रतिमा लाई औधि माया गर्थे ।  हामिहरु त सानै देखि एक अर्कालाइ खुब माया गर्थ्यौ।भन्थे जहा गएनि सँगै रहुला भनेर।

एक दिन को कुरा हो। म; के तिमिलाई म रामरो लाग्छु ।
प्रतिमा।;अह लाग्दैनौ। म; के तिमि   साथमा रहन चहान्छेउ
प्रतिमाःअँह चाहदिन म; यदि म मरे भने तिमि रुन्छेउ
प्रतिमा; अँह रुदिन।

प्रतिमा को यस्तो कुरा सुनेर मलाई धेरै दुख लाग्छ।म गह भरि आँशु पार्दै त्यहा बाट जान खोज्छु र त्यतिकै मा प्रतिमा ले मेरो हात समाउदै आफ्नो नजिक तान्छे र भन्छे।

प्रतिमा;- पागल, तिमि राम्रो होइनौ मायालु छौ।म तिम्रो साथमा रहन हैन जिवन भर जिउन चाहन्छु।तिमि मर्यौ भने म रुदिन किन कि तिमि बिना त म मरिहाल्छु।
यस्तै यस्तै कुरा हरु हुन्थे प्रतिमा का। म जिस्केर भन्ने गर्थ , “पिर्या तिम्रो लास जलाउने अधिकार मेरो छोरालाई देउ है” प्रतिमा मुसुक्क हास्थि र भन्थि “तिमि बाहेक अरु कोहि आउन सक्दिन मेरो जिवनमा, तर एक मृत्यु छ जसलाई म चाहेर नि रोक्न सक्दिन।

एक दिन प्रतिमा ले मलाई भनेकि थिइन हाम्रो छोरा भएपछि के नाम राख्ने??
मैले त्यत्ति बेला नै सोचम ला भनेको थिए। तर प्रतिमा ले धेरै ने कर गरेपछि मैले बाध्य भएर भनेको थिए छोरा भए वसन्त छोरि बए वर्सा।।

समय वित्दै जान्छ। म गरिब थिए तर पढाई मा राम्रो थिए। भनिन्छ जे कुरा पनि धेरै भयो भने तितो हुन्छ रे, सायद धेरै भयो होला मेरो माया जुन प्रतिमा लाई तितो लाग्न थाल्यो ।बिस्तारै उनि म बाट म गरिब भएकै कारण टाढा हुन थालिन।
हामि ले अन्तिम पटक भेटने निधो गर्यौ।

प्रतिमा ले भनिन हेर , म नि तिमिलाई माया गर्छु तिमिलाई छोडने मन हैन तर जिन्दगि माया ले मात्र चल्दैन पैसा नि चाहिन्छ। बिगत केहि दिन यता मैले तिमि भन्दा धेरै धनि केटा पाएको छु। म उसलाइ प्रेम गर्छु अनि उसलाइ छोडन नि सक्दैन।

यति सुनि सके पछि म केहि बोल्नै सकिन बस प्रतिमा ले भनेको कुरा समझिए अनि मन मनै भक्कानो फुटेर रुन थाले पर्तिमा ले भनेकि थिइन “तिमि बाहेक अरु कोहि आउन सक्दिन मेरो जिवनमा, तर एक मृत्यु छ जसलाई म चाहेर नि रोक्न सक्दिन”।

म चुप चाप त्यहा बाट फर्किदै थिए त्यतिकै मा प्रतिमा ले भनिन आफ्नो ख्याल राख्ननु अनि कुनै गरिब केटि खोजेर बिहे गर्नु। म केहि बोल्नै सकिन बस यति भने।
“तिम्रो माया र मेरो मायामा यत्ति फरक रहेछ, मलाई जिन्दगि बिताउनु थियो तिमिलाई समय बिताउनु रहेछ”

“त्यो दिन देखि मैले प्रतिमा लाई झनै चाहन थाले जुन दिन मैले थाहा पाए कि उनि मेरो हुन चाहदिनन् भनेर” केहि दिन मा प्रतिमा को बिहे भयो।हिजो का दिनहरु मा त प्रतिमा भन्थिन म तिमि सँगै बिहे गर्छू भनेर।मैले पनि प्रतिमा लाई आखा मा राखेर धेरै सपना हरु देखेको थिए।ति सपनाहरु त पलभरै मै खरानि भैसकेका थिए। म उनि बिना बाच्न नसक्ने भएको थिए।

उसको यादमा “तडपिनु” र यो मुटु “धडकिनु” उस्तै उस्तै भइसकेको थियो , थहा पाउन सकिराको थिएन मेरो जिन्दगि सास ले चलेको छ कि उसको याद ले”।
म सम्झना मा केहि दिन धेरै रोए। म त पानिबाट भखरै बगरमा फालेको माछा जस्तै बेहाल भएको थिए। कहिल्यै मर्मत नहुने गरि मेरा सपना हरु को घर भत्किए को थियो।

समय बित्दै जान्छ म मेरो पढाईलाई पानि निरन्तरता दिदै जान्छु। उसको बिहे भएको पनि वरसौ भैसकेको हुन्छ। मेरो पढाई पनि सकिन्छ। म मेरो व्याज को कलेज टपर भएको हुनाले एउटा राम्रो कम्पनिले मलाई मेनेजर को अफर गर्छ। करिव त्यो कम्पनिमा जागिर गर्न लागेको २ वर्स पछि एक दिन अचानाक त्यहि कम्पनिको बाहिर प्रतिमा को र मेरो भेट हुन्छ।

प्रतिमा ले भन्छिन के छ तिम्रो खबर ,बिहे गर्यौ।
मः अहिले सम्म त गरेको छैन।
प्रतिमा;- हेर म धेरै खुसि छु। मेरो लोग्ने को सेलरी ५० हजार छ। गाढि घर सबै छ म सँग । तिमि सँग बिहेको गरेको भए मैले के पाउथे त्यसेले मलाई भुलिदेउ एउटा गरिब केटि खोजेर बिहे गर।

म केहि बोल्नै सकिन हुन त कम्पनि मा मेनेजर भएको कुरा प्रतिमा लाई थाहा थिएन । त्यति कै मा प्रतिमा को सिरमान आउछ र मलाई भन्छ ।
नमस्कार सर, तपाई मेरो सिरमति लाई चिन्नु हुन्छ।

प्रतिमा अचच्म पर्छीन। प्रतिमा को सिरमान प्रतिमा तिर हेरेर भन्छ।
उहा हाम्रो कम्पनिको मेनेजर ,थाहा छ ऊहाको सेलरी कति छ, २ लाख ,गाढि,घर सहर को ठाउ ठाउ मा छ। तर दुख को कुरा उहा पहिले गरिब हुनुहुन्थ्यो र गरिब भएकै कारण एउटा केटि ले धोका दिएपछी आज सम्म बिहे गर्नु भाको छैन।
प्रतिमा लाई म लाई धोका दिएको मा पछुतो हुन्छ। उनि भित्र भित्र रोइरहेकि हुन्छन।

म केहि बोल्न सक्दिन र अहिले जान्छु भनेर त्यहा बाट निस्किन्छु र सोच्छु।
“भविस्य सबै को लेखेकै हुनेरहेछ, हात को रेखा मा मात्र भाग्य हुदैन। भाग्य त्यसको पनि हुन्छ जस्को हात नै हुदैन”।

सायद,भगवान मेरो पनि दाहिने भएको हुनुपर्छ। पहिले झुपडि मा बस्ने मेरा आमा वुवा अहिले महल मा बसिरहे का हुन्छन। समय बित्दै जान्छ। म अझै पनि प्रतिमा लाइ प्रेम गरिरहेको हुन्छु। सायद यो कुरा प्रतिमा लाई पनि राम्रो सँग थाहा हुदो हो।
म मन मनै सम्झिन्छु र भन्छु “प्रेम गर्नुहोस त यसरी गर्नुहोस कि, प्रेम असफल भयो भने नि पछी उसले भनोस प्रेम त उसैले गर्थ्यो भनेर”।

केहि महिना पछि बा आमाले मलाइ बिहे गर छोरो अब हामि नि बुढा भै सक्यौ भनेर भन्छन। मैले बा आमा लाई भन्छु ” प्रयास गर्दै नगरेको पनि होइन,प्रेम मा नि फस्दै नफससेको नि हैन, माया साँचो हुदा नि टुट्दो रहेछ” त्यसैले बा – आमा म बिहे गर्दिन।

आमाले धेरै कर गर्नु भयो। आमा को बालापन को अगाढि मैले हारे र जिन्दगि लामो छ मलाई पनि सहयात्रि चाहिन्छ भनेर बिहे गर्ने निधो गरे।
मेरो कम्पनि को एउटा staff सँग बिहे गर्ने कुरा पक्कि पक्का हुन्छ। मैले मेरो बिहे मा प्रतिमा र प्रतिमा को लोग्ने लाइ पनि बोलाएको हुन्छु।

प्रतिमा को ४ वर्स को छोरा रहेछ। प्रतिमा ले आफ्नो छोरा लाई अँकल लाई नमस्कार गर बाबु भनेर भन्छे। मैले उस्को छोरा को नाम के हो भनेर भन्छु प्रतिमा ले नितेस भनेर जवाफ दिन्छिन नि त्यतिकै मा उसको छोरा ले प्रतिमा लाई भन्छे मम्मि तपाई ले किन झुट बोल्नु भाको मेरो नाम त वसन्त हैन र?

मलाई अतित याद आउछ र झन गार्हो भएर आउछ। अनि आफै सम्झिन्छु “मन दुख्ने बित्तिकै रोइहाल्नु हुदैन किन कि सबै मन दुखाउने हरु आँशु का लायक हुदैनन्।
मेरो बिहे राम्रै सँग हुन्छ। बिहे मा सबै खुशि हुन्छन।

मैले नया जिवन को सुरुवात गरेको हुन्छु र मेरो स्वास्नि लाई पनि उतिकै माया गरेको हुन्छू जति मैले प्रतिमा लाई गरेको थिए। बिवाहको भएको ६ महिना मै ।मेरो पत्निको मनमा मेरो लागि अनेकौ संकाहरु उब्जिन थाल्छन।

एक दिन मेरो स्वास्नि ले मेरो मनासय बुझ्नको लागि एउटा चिठ्ठि लेखेकि थिइन। चिठ्ठि मा लेखिएको थियो ” म अब तपाई बाट बोर भए,अब म तपाई बाट धेरै टाढा जादैछु, आफ्नो ख्याल राख्नु”। चिठ्ठि मा यति मात्र लेखि त्यो चिठ्ठि टेबुल मा राखेर आफु त्यहि टेबुल मुनि लुकेको थिइन।

केहिछिन पछि म अफिस बाट घर आइपुग्छु र उसले टेबुल मा राखेको चिठ्ठि पढ्छू। केहि बेर सम्म म चुपचाप मौन भएर बस्छु र त्यसको केहि छिनमा चिठ्ठि को पछाडि को पान्ना मा केहि लेखेर त्यो चिठ्ठि त्यहि छाडिदिन्छु। एकछिन पछी म मुर्छा परेर हास्न थाल्छु, र तेतिकैमा फोन निकालेर फोन मा कुरा गर्दै भन्छु…।

जानू, म आज मुक्त भए,जस्को कारणले हामि एक हुन सकेका थिएनौ, त्यो अब पुरा हुन्छ। म कपडा बदलेर तिमिलाई भेटन नजिकैको पार्क मा आउदै छु तिमि नि आउ है, यति कुरा गरिसकेपछि म कपडा फेरेर त्यहा बाट निस्कन्छु।

मेरो पत्नि मेरो यस्तो कुरा सुनेर आखा भरि आँसु लिएर टेबुल मुनि बाट बाहिर आएर चिठ्ठि पढदै तिन छक परेकि थिइन,
कारण मैले चिठ्ठि को पछाडि पट्टी लेखेको थिए….
सानु तिमि टेबुल मुनि लुक्दा मैले तिम्रो खुट्टा देखिसकेको थिए,. म तिमिलाई जिवनभर सताउन चाहन्छु अनि जिवनभर फकाउन चाहन्छु। म कपडा बदलेर पसलमा खाजा लिन जादैछु, म आउदा चुया बनाएर राख है।

हाम्रो विवाह भएको १ वर्स पुग्यो। घरमा मेरो पत्नि ले एकदमै खराब खाना बनाएकि थिइन। सब्जि काच्चै थियो, दालमा नुन धेरै थियो छ। यता सलाद मा पनि खास केहि थिएन। डिनर टेबुल मा म मौन र चुपचाइ बसको थिए।

मेरो पत्नि ले सबै लुरा बुझिसके कि थिइन। अलिकति खाना खाएर म बाथरुम गएर फर्किदै थिए,मेरो पत्नि सबै भाडाहरु लाई कै ठाउ मा राखिरहेकि हुन्छिन, त्यसै बिचमा म जान्छु र मेरो पत्नि को निधार मा एउटा चुम्बन गर्छु।

मेरो पत्नि सोचिरहेकि थिइन यति सब भएर पनि यो किस किन??
ऊनले प्रश्न गरिन…, आज मेरो हात बाट पुरै खाना बिग्ररियो, र पुरै खाना को स्वाद पनि बिग्रियो, फेरी पनि यि किस किन?

त्यत्तिकै मा महिले भन्छु आज मलाई हाम्रो विवाह को पहिलो दिन को याद आयो । यो दिन पनि तिमिले पकाएको खाना को स्वाद यस्तै थियो। त्यसैले मैले सोचे आज १ वर्स पछि फेरि तिमिलाई बेहुलिको जस्तो ट्रिट गरु।

मेरो पत्नि को आखा भरिएर आउछ र मलाई कसेर अंगालो हाल्छिन।
मलाई मेरो पत्नि ले प्रतिमा को कमि महसुस गराएकि थिइनन् । हामि खुसी थियौ।
केहि महिना पछि मेरो क्ष्रिमती बिरामि हुन्छीन। म अस्पताल लगेर जान्छु।,
ठिक त्यहि दिन प्रतिमा पनि बिरामि भएर त्यहि अस्पताल आएकि हुन्छिन। मेले प्रतिमा को लोग्ने लाई सोधे .. प्रतिमा लाई के भा को छ्? कहिले देखि हुन बिरामि ??

प्रतिमा को पति ले भन्यो खै के भाको हो थाहा छैन आज बिहान देखि सिरिस अव्सथा मा छिन। बस् यति के सुनेको थिए मेरो पुरा ध्यान प्रतिमा तर्फ नै जान्छ।
मैले मेरो पत्नि लाई त्यत्ति वास्ता गरेन किन कि मेरो पहिलो प्रेम प्रतिमा थिइन्। दुबै जना अस्पताल मा भर्ना थिए केहि छिन पछि डाक्टर रिपोर्ट ल्याएर आउनु हुन्छ्।

रिपोर्ट हेरेर म काप्न थाल्छु, आँखा भरि आँसु नै आँसु हुन्छ। भित्रि मन रोइरहेको थियो, म आत्ते,कराए केहि छिन पछि मौन भएर बसे….। प्रतिमा र मेरो पत्नि दुबै लाई मुटु को खराबि रहेछ। अब मुटु भएन भने दुइ दिन भित्र दुबै को ज्यान जान सक्ने कुरा डाक्टर ले बताउछन।

प्रतिमा को लोग्ने ले मुटु नपाए प्रतिमा लाई आफ्नो मुटु नदिने बरु नया विवाह गर्ने कुरा बताउछ। म सोच्नै सकिहेको थिएन ।आँखा भरि आँसु नै आँसु थियो।
दुइटै का लागि मुटु कस्ले देला ???  प्रतिमा बाच्छिन कि बाच्दिनन् ?? अँह म प्रतिमा लाई मर्न दिन्न ?? फेरि मेरो पत्नि पनि त ??? यस्तै यस्तै प्रश्न हरु ले म पागल भएको थिए , हो म पागल भएको थिए….।।

धेरै सोचिसके पछि पहिलो प्रेम प्रतिमा लाई आफ्नो मुटु दिएर बचाउने निर्णय गर्छु। मेरो मुटु निकालेर प्रतिमा को धड्कन मा जोडि दिनु भनेर डक्टर लाई भन्छु।
अनि आँशु पुछ्दै मेरि अचेत अवस्था मा रहेकि पत्नि को निधार मा चुम्बन गर्दै कानमा गएर भन्छु…।

“अब म पनि तिमि सँगै जान्छु”…
अनि प्रतिमा का लागि एउटा चिठ्ठि लेख्न थाले…….।
प्रतिमा….,
तिमिलाई आज मुटु को जरुरत छ जिउन को लागि..।
मलाई तिम्रो जरुरत छ जिउदो रहन को लागि..।
माया त तिम्ले पनि गरेकि थियौ अनि मैले पनि गरेको थिए
फरक यति रहेछ मैले तिमिलाई गरेको थिए , तिम्ले अरु कसैलाई।

पहिले आँसु झर्दा तिम्रो आउथ्यो , अहिले तिम्रो याद आउदा आँसु झर्दै छ।
दुइटैलाई बचाउन सकियन। त्यसैले मैले मेरो मुटु तिमिलाई दिएर तिमिलाई बचाउदै छु। म अनि मेरो पत्नि यो दुनिया यो सँसार बाट धेरै टाढा जादै छौ…।
तिम्रा याद हरु को मुटु तिमिलाई दिएर…….।।
मेरो मुटु को ख्याल राख्नु है…..।।  #Sushil

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here