सुन्दर श्रीमती चाहनेहरुले पढ्नै पर्ने

हाम्रो समाजमा सुन्दर स्त्री लाई बिशेष स्थान दिने गरिन्छ। चाणक्यले पुरुषको बैबाहिक जिबनको बारेमा केही भनेका छ्न। आज हरेक पुरुष सुन्दर श्रीमती ल्याउन चाहन्छ्न। सुन्दर श्रीमती हुदा श्रीमानको स्थान पनि सम्मानित हुन्छ । केटा आफू नराम्रै भए पनि श्रीमती भने सुन्दर चाहन्छ्न।

तर एक महिला पुरुषको सम्मान र घमण्डको साधन मात्र होईन । एक स्त्री यो भन्दा धेरै माथि हुन्छिन। चाणक्यले भनेका छ्न कि कुनै पनि स्त्रीको शारीरिक सुन्दरताले केही फरक पर्दैन । गुणवान् स्त्रीले परिवार जोडेर राख्छन् सबैभन्दा ठुलो कुरा भनेको गुण हो। यदि स्त्रीको गुण र आचरण सहि छैन भने उसको शारीरिक सुन्दरताले केही हुनेवाला छैन ।

यदि स्त्री सुन्दर छ र गुण केही छैन भने त्यो परिवार तहस नहस हुन्छ। यसको बिपरित यदि स्त्री सुन्दर छैनन् तर गुणवान् छिन भने परिवार जोडेर राख्छिन र उनीहरुको खुशिको ख्याल राख्छिन।