पतिले सन्तुष्ट नगराएको भन्दै यी महिलाले दर्ता गरिन् सासु ससुराविरुद्ध मुद्दा

विवाह गरेपछि महिला आफ्नो पतिबाट प्राप्त गर्नुपर्ने शारीरिक सन्तुष्टिको विषयले सासु–ससुरासँग के सम्बन्ध राख्ला ? पक्कै पनि नराख्नु पर्ने हो । तर भारतको कलकत्तामा भने यससँग सम्बन्धित एक अनौठो घटना भएको छ ।

विवाह भएको पहिलो रातमै एक महिलाले आफू पतिबाट सन्तुष्ट नभएको भन्दै हल्ला गरिन् । उनले टोलका सबैले सुन्ने गरी आफ्नो पतिले आफूलाई ‘यौन शुख’ दिन नसकेको भन्दै झगडा गरिन् । त्यसपछि उनले पतिसँगको सम्बन्ध मात्रै तोडिनन्, प्रहरीकहाँ उजुरी पनि हालिन् ।

उनको उजुरी पतिविरुद्ध मात्रै थिएन् । उनले आफ्नो सासु–ससुराविरुद्ध पनि उजुरी हालिन् । साथै उनले सासु–ससुराविरुद्ध मुद्दा हाल्दै आफूले ५५ हजार भारु (नगद) र बाँकी जिन्सी सामानहरु पनि पिर्ता गर्नुपर्ने माग गरेकी छन् ।

जो उनका सासु–ससुराहरुले दाइजोको रुपमा ती महिलाका माइतीसँग लिएका थिए । धेरै लामो बहसपछि उक्त घटनामा ती महिलाले सफलता पनि प्राप्त गरिन् । स्रोत लोकान्तर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here