यी ३ रासी हुनेहरुका लागि आजको दिन बिशेष रहनेछ

मेष राशिः
मेष राशि हुनेहरुको लागि आज दिन अनुकूल नै देखिए पनि प्रेममा खटपट हुने योग छ । अपेक्षा गरेजति लाभ हुन नसक्ने भएकाले आज आफुलाई समाल्नुहोला । निरन्तर प्रयत्नले सहयोग जुटाउन पनि सकिनेछ । बढी इच्छाएको काम गराउन भने केही ग्रह उपचारको उपाय अवलम्बन गर्नु पर्ने देखिएको छ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल एवं सन्तोषप्रद छ । पेशा तथा व्यवसायको राम्रो प्रचार–प्रसार हुने तथा प्रसिद्धि र लाभांश बढ्ने छ । यो रासीलाई प्रेम योयको दिन पनि हो आज समाजसेवा, संघसंस्था तथा राजनीतिक क्षेत्र आदिमा संलग्नता अनुसार पदप्रतिष्ठा मिल्नसक्ने देखिन्छ । सामान्यतया दैनिकी कार्यमा पुरुषार्थ बृद्धि हुने र प्रसंशा पनि मिल्नेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको प्रयोग र गुरु गणपतिको साथमा आदिशक्ति भगवतीको स्तुति गर्नु शुभकर हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आज कस्टकर दिन हो आज । माथिल्लो निकायबाट अनपेक्षित रुपमा दबाब आउनसक्ने गोचर देखिएकाले कर्मचारीका लागि झन संयम हुन जरुरी छ । मिथ्या आरोप आइलाग्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि छ । मान सम्मान पाउने योग छ । आज यहाँले भगवान शिबजीको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आज त्यति अनुकूल मान्न नसकिने दिन देखिएको छ । बिधार्थीहरुले सोँचेभन्दा बढी संघर्ष गर्नुपर्ने गह्र गोचरले देखाएको छ । सकारात्मक समय नरहेकोले हतार नगरी धैर्यधारणा गर्नु नै श्रेष्कर हुनेछ । आज यहाँहरुको लागि चार, आठ अंक, रातो रङ्गको प्रयोग एवम् बाधाबिघ्न निवारको लागि भगावन गौरीशङ्कर भगवानको भक्तिभाव तथा स्तुति गर्नु शुभकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज भौतिक कर्मको लागि उपयुक्त रहने दिन देखिएको छ । व्यापार तथा व्यवसायिक उन्नति हुनाले आर्थिक लाभ मिल्नेछ । प्रेम,प्रेमीकाका लागिका राम्रो दिन पनि छ । सांसारिक सुखभोगले मनमा बढी प्रभाव पार्नेछ । कोसेली प्राप्ति तथा आतिथ्यताको निम्तोको सम्भावना छ । आज यहाँलाई सात अंक, सेतो रङ्ग ,रातो अनुकूल रहने छ भने दाम्पत्य जीवनमा दोष पर्नेहरुले भगवान शिवको श्रद्धाभक्ति तथा दर्शन गर्नु हितकर हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आज केही पराक्रम बढ्ने दिन रहेको छ । काममा संघर्ष देखिएको छ, जस निवारणको लागि गुरुजनको आर्शिवाद लिनु र भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल नै छ । प्रेममा खटपट हुने योग छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । पारिवारिक संबन्ध बिग्रिने सम्भावना पनि छ ।

तुला राशिः
तुला राशि हुनेहरुको लागि आजको दिन आत्मप्रशंसाको आसक्तिको मनोविज्ञानले आफ्नै व्यक्तित्त्वमा ह्रास ल्याउन सक्नेछ । विद्वतताको घमण्ड गर्दा स्थापित परिचयमा आँच आउनसक्ने र अन्तिममा मनोवैज्ञानिक पश्चाताप पर्नसक्ने भएकोले आज निकै होस पूर्वक अघि बढ्नु होला । मान्यजनसगँ सतर्कक रहनुहोला । नया मित्रत्रा नबढाउदाँ अति उत्तम हुने छ । आज यहाँको लागि पाँच अङ्क, रातो र सेतो र हरियो रङ्गको प्रयोग गर्नु फापसिद्ध हुनेछ भने विद्यार्थीलाई दान दिनु पूण्यकर हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज अल्लि संघर्ष गर्नुपर्ने योग छ । विवाद गराउने भूमिका निर्वाह गरेको ग्रहयोग परेकोले आज साथीभाई–सहकर्मी–सँधियार–आदिसँगको व्यवहारमा होशियारी र सतर्कता अप्नाउन जरुरी देखिन्छ । कामकार्यमा अड्चन आउनसक्छ । पारिवारमा खटपट विधार्थीको लागि अल्लि मिहिनेत गर्नु पर्ने योग छ । धेरै संघर्षले थोरैमात्रै लाभ मिल्नसक्ने छ । दिन विपरितपरक रहेकाले जोशमा आएर होस गुमाउने र पछि पछुताउने हुनसक्ने छ बाधाब्यबधान तथा शङ्काउपशङ्काको बाबजुतपनि समयलाई बुझेर आफ्नो कार्यमा लगनशील हुनाले केही उपलब्धि भने हात पार्नसकिने छ । समयमै होस पुर्याउनु होला ।

धनु राशिः
धनुराशि हुनेहरुको लागि आज पराक्रम बढेर आएकोले सानातिना काममा सहजै सफलता मिल्नेछ आज राम्रो दिन छ । उत्साह तथा उमङ्गिलो दिन परेकोले समयको सदुपयोग गर्नाले व्यवसायिक प्रगती तथा लाभ हुने र सन्तुष्टि मिल्नेछ । सहयोग पनि प्राप्त गर्नसकिने साथै परिश्रमले सफल भैनेछ । प्रेममा पहिलाको खटपट मिल्ने छ भने नयाँ जोडि मिल्ने संभावना रहेको छ । दाजुभाईबीचको द्वन्द पनि सुल्झने गोचरको प्रभाव देखिएको छ । आज तीन अङ्क, हरियो ,पहेलो रङ्गको प्रयोग तथा मातास्तुति यहाँको लागि शुभप्रद हुनेछ ।

मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागि सामान्य अनुकूल देखिएको छ । प्रतिस्पर्धा तथा खेलकुद आदिमा सफलता मिल्ने छ भने अभिष्ट कार्य सिद्धि हुनेछ । पुरुषार्थ गर्नसकिने छ भने सफलता आदिको कारणले केही महत्त्वाकांक्षा पनि बढ्नेछ । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । आज यहाँको लागि दुई अंक, सेतो रंगको उपयुक्त रहने छ भने भगवान गौरीशङ्करको श्रद्धाभक्ति शुभप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल परेको छ । दिन रमाइलो एवम् उमङ्गिलो र सौहार्दपूर्ण रहनेछ । नाता–कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । वाकवृति हुनेहरुले अल्लि ख्याल पुर्याउनु पर्ने दिन रहेको छ । संयम पूर्वक स्वकर्ममा रहनेको लागि दिन ठिकै रहनसक्ने छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा फाइदा उठाउन सक्नुहुनेछ । आज प्रेम प्रेमिकासगँ टाढ्रै बस्दा राम्रो ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य छ । कर्म अनुसारको फल नमिल्ने भएकाले निरास हुनु पर्ला । बुद्धिको भरपुर प्रयोग गरेर अनावश्यक रुपमा धनको क्षति हुने तथा पश्चातापमा पर्न सकिने सम्भावनालाई हटाउन कोसिस गर्नुपर्ला । यहाँहरुको लागि आज ३ ,५ अंक र रातो रंग हितकर हुनेछ भने भगवान गणेशको दर्शन गर्नु विशेष हितकर हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here