छठमा सुर्य देवतालाइ खुशी राख्न भुलेर नगर्नुस् यी काम

चार दिनसम्म मनाइने छठ पर्वको आज दोस्रो दिन हो। आज खरना पर्व हो। भोलि अस्ताउदो सुर्यालाइ अर्घ चढाइन्छ भने पर्सि बिहानै उदाउँदो सुर्यालाइ अर्घ चढाइन्छ। छठ पुजा गर्दा सुर्यदेवले सारा कष्ट लिने बिश्वास छ। छठ पुजाको नियम सारै कठिन छ। त्यसैले यसलाई महापर्व मानिन्छ।विधि बिधानको ख्याल राखे मात्र छठी देबि खुशी हुने बिश्वाश छ।

पुजाको बेला यी कुरा ख्याल राख्नुस

पुजाको लागि प्रसाद बनाउदा शुद्धताको ख्याल गर्नुस् ।नुहाएर नयाँ कपडा लगाएर मात्र प्रसाद बनाउनुस। काममा सघाउनेले पनि यो नियम पालन गर्नुपर्छ।

पुजाको प्रसाद जुठो हुनु हुदैन। यस्मा कुनै किसिमको मिसावट हुनु हुन्न। छठ पुजाको अवधिमा मान्साहारी पुर्ण रूपमा निषेध हुनुपर्छ। यो बेला प्याज लसुन पनि खानु हुदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here