बिहेअघी नै गर्भवती भएका प्रसिद्ध ५ नायिका

वलिवुडमा लव, ब्रेकअप, अफेएर, सामान्य कुरा हुन। यहाँ ती नायिकाहरुको कुरा हुदैछ जो बिहे अघि नै गर्भवती भएका थिए। त्यसपछि बल्ल बिहेको निर्णय लिएका थिए।

श्री देवि

उनले बिहे अघि नै आफू गर्भवती भएको कुरा मिडियामा भनेकी थिइन्। फिल्म “रुपकी रानी चोरोका राजा” को सुटिङमा उनी बोनि कपुरसङ नजिकिएकी थिइन्। यो कुरा बाहिर आएपछि बोनि कपुर बिबाहित भएपनी पहिलो श्रीमती सङ सम्बन्धबिच्छेद गरेका थिए। बिहेको केही महिना पछि उनको जेठी छोरीको जन्म भयो।

महिमा चौधरी

उनी आजकल लाइमलाइट बाट टाढा छिन। उनले एक प्राइभेट पार्टीमा आफ्नो प्रेमी बोबि मुखर्जी सङ बिहे गरेर सबैलाई चकित पारेकी थिइन्। बिहेको केही महिना पछि उनले आफ्नो प्रेगनेन्सिको खबर मिडियामा दिइन। उनी बिहे अघिनै गर्भवती भएको भनिन्छ तेसैले उनले हतारमा बिहे गरेकी थिइन्।

अमृता अरोडा

उनले २००९ मा एक बिजनेसमैन शकिल लदाक सङ बिहे गरिन। सूचना का अनुसार उनी पनि बिहे अघि नै गर्भवती थिइन्। बिहे लगत्तै उनले आफू आमा बन्न लागेको कुरा घोषणा गरेकी थिइन।

सेलिना जेटली

मिस ईन्डिया सेलिना जेटली बिहे अघिनै आफ्नो प्रेमी पिटर हगलाइ डेट गर्थिन। उनी पनि बिहेअघी गर्भवती थिइन। २०१२ मा उनले जुन्ल्याहा छोरालाइ जन्म दिइन।

निना गुप्ता

निना गुप्ता र विवियन रिचार्ड प्रेममा थिए। विवियन बिवाहित भए पनि उनीहरुको सम्बन्ध अघि बढिरह्यो। येसै बिच निना गर्भवती भइन । तर विवियनले निना सङ बिहे गरेनन र उनले आफ्नो छोरी मसाबा एक्लै हुर्काइन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here