बिना अपरेसन पत्थरीबाट मुक्ति पाउने घरेलु उपाय

मानिसको शरिरको संरचना एकदमै जटिल हुन्छ। साधारण ब्यक्तिले यो सजिलै बुझ्न सक्दैनन् । हाम्रो शरीर विभिन्न रोगको चपेटामा परिरहन्छ। जिवनभरी विभिन्न रोगले पिरोलिरहन्छ। कोहि मानिस जिवनभरी निरोगी पनि हुन्छन् । उनीहरु आफ्नो शरीर र स्वास्थको खुबै ख्याल राख्छन् ।

पत्थरी दुई किसिमका हुन्छन्

शरिरमा भएको विभिन्न समस्या मध्य एक पत्थरी हो। यो दुई किसिमको हुन्छ। एउटा हो पित्तको पथ्थरि र अर्को मुत्रथैलिको पत्थरी। पित्तको थैलिमा पत्थरी हुदा पेटको दाहिने तर्फ असहनिय दुख्छ । प्रायले अपरेसन गरेर यो निकाल्छ्न। यसबाट निदान पाउने घरेलु उपाय

स्याउको जुस

स्याउमा हुने फोलिक एसिडले पत्थरी गलाउन मद्दत गर्छ। हरेक दिन बिहान स्याउको जुस पिउदा यो समस्या हट्छ।

नाशपतिको जुस

नासपतिको जुसमा प्याक्टिन तत्व पाइन्छ। यसले लिवरमा कोलस्ट्रोल हुन र बन्न रोक्छ। कोलस्ट्रोल नै पथ्थरिको कारण हो। एक गिलास तातो पानीमा एक गिलास नासपतिको जुस मिलाएर पिउनुस।

सलगम वा खिरा

एक सलगम एक खिरा र चार गाजर को रसको जुस बनाउनुस। यो जुस दिनमा २ पटक पिउनुस। यसमा हुने भिटामिन सि र कोलोन तत्वले शरीरको बिषालु पदार्थ बाहिर निकाल्छ। यसरी पथ्थरी पनि बाहिर निस्कन्छ ।

पुदिना

पुदिनामा तारपिन तत्व हुन्छ र यसले पत्थरी लाई गलाउछ। एक गिलास तातो पानीमा केही ताजा पुदिनाको पात हाल्नुस। राम्ररी उम्लेपछी सेलाउन दिनुस र दिनमा दुई पटक पिउनुस।

सिदे नुन

एक गिलास पानी तताउनुस र त्यसमा एक चम्चा सिदे नुन मिसाउनुस र पिउनुस। यसले पत्थरी छिटो गलाउछ। दिनमा दुई पटक पिउदा पत्थरिबाट निदान पाइन्छ।