माउसुली नभएको घर सायदै होला । घरमा माउसुली सजिलै पाइन्छ । कुनै घरमा १/२ वटा हुन्छन् भने कुनै घरमा माउसुलिको खानदान नै बस्छन् । यो जुनसुकै मौसममा घरमा पाइन्छ । तर गर्मीमा अलि बढी नै भेटिन्छ । यसको बीस हाम्रा लागि निकै घातक हुन्छ। यसको बीस लागेपछि उपचार सम्भव छैन र तुरुन्तै हाम्रो मृत्यु हुन्छ।
रातिमा सहि उपचार पाउन मुस्किल
गर्मी मौसममा मानिसहरु धेरै जसो बाहिर खुला ठाउँमा ओछ्यान लगाएर सुत्छ्न। यस्तो अवस्थामा उनिहरुलाइ माउसुलिको सामना गर्नुपर्छ। यसले टोकेपछि सहि समयमै उपचार पाए बाच्ने सम्भावना हुन्छ। तर राती यो अलि मुस्किल छ। आउनुहोस् केही घरेलु उपचार विधि जानौ ।
यसो गर्नुस
जुन ठाउँमा माउसुलिले टोकेको छ त्यहा सफा पानी र डिटोल साबुन वा डिटोलको झोलले राम्ररी सफा गर्नुस । यसो गर्दा बीस धेरै फैलिन पाउदैन ।
माउसुलिको दात छोटा हुन्छन् । जब उनिहरु बेसरी टोक्छ्न तब केही दात घाउमै झर्छ। त्यसैले घाउ राम्ररी हेर्नुस र यदि दात छ भने तुरुन्तै निकाल्नुस।
घाउ गहिरो भएमा रगत बेसरी बग्छ। त्यसैले घाउ भएको भाग धेरै हल्लाउने चलाउने गर्नु हुदैन । यसो गरे रगत अझ बढी बग्छ।
घाउ सफा गर्दा भुलेर पनि छालालाइ असर गर्ने चिजले सफा गर्नु हुदैन । अल्कोहल वा हाइड्रोजन प्याराअक्साइड प्रयोग नगर्नुहोस् ।
माउसुलिले टोकिसकेपछि घाउ लाई मनतातो पानीमा डुबाउनुस। यसो गर्दा इन्फेक्सन बढ्दैन ।
टोकेको ठाउँमा सफा गरिसकेपछि कुनै एन्टिबायोटिक कृम लगाउनुस।
बिहान उठेपछि डाक्टरको सल्लाह लिन नभुल्नु। आवश्यक परे टिटानाश को सुइ पनि लगाउनुस।
माउसुलिले टोकेको कारण घाउको वरिपरि फुलेको छ भने बरफले सेक्नुस। तर बरफ घाउमा भने नपार्नुहोला।
भुलेर पनि घाउमा पट्टि नबाध्नुहोला। यसो गर्दा घाउ गल्न थाल्छ। खुला छोड्दा हावाले छिटो सुख्छ।