गर्भपतन गराउन पहिले-पहिले यस्तो समेत गरिन्थ्यो

अहिलेको आधुनिक समाजमा पनि कतिपय अवस्थामा महिलाहरुको आवाजलाई दबाउने प्रयास भइरहेका हुन्छन् । विकट स्थानहरुमा आज पनि गर्भपतन जस्ता कुराहरुमा महिलामा जागरुकताको कमी भएको पाइन्छ । अझ प्राचीन समयमा त धेरै अनौठा र जोखिमयुक्त तरिका अपनाएर महिलाहरुको गर्भ फालिने गरिन्थ्यो । चिकित्सककहाँ जानुको सट्टा घरेलु र असुरक्षित उपाय अपनाएर गर्भपतन गराइन्थ्यो ।

१. गुप्ताङ्गमा जुका हाल्ने
पहिलेका अशिक्षित मानिसहरुले महिलाहरुको गर्भपतन गराउन उनीहरुको गुप्ताङ्ग भित्र जुका हालिदिने गर्थे । यसरी जुका हालिसकेपछि त्यसले गर्भमा रहेको बच्चालाई खाएर मारिदिन्छ भन्ने मानसिकता भएकाले यो प्रक्रिया अपनाइन्थ्यो । यसको परिणाम राम्रो नआएपनि मान्यताका कारण मानिसहरु लुकिलुकि यो तरिका अपनाउने गर्थे ।

२. टाइट कपडा लगाएर
कतिपय महिलाहारुले गर्भपतन गराउन टाइट कपडा लगाउने गर्थे । टाइट लुगा लगाउँदा पेटको बच्चा बढ्न सक्दैन र गर्भपतन हुन्छ भन्ने मान्यताले यसो गर्ने गरिन्थ्यो ।

३. झट्का दिएर
पहिलेको समयमा झट्का दिएर पनि महिलाहरुको गर्भपतन गराइने गरिन्थ्यो । महिलाहरुलाई बेहोश नपारिकनै उनीहरुको दाँत उखाल्ने, गर्भवती महिलालाई कुकुरले टोकाउने जस्ता तरिका अपनाएर झट्का दिइने गरिन्थ्यो । यो तरिकाले गर्भपतन हुने सम्भावना बढाउँथ्यो ।

४. सिँढी वा उचाइबाट लडाउने
कतिपय महिलाले गर्भपतन गराउन आफूले आफूलाई उचाइबाट खसाउने गर्थे ।

५. भोकै बसेर
पहिलेका महिलाहरु धेरै दिनसम्म भोकै बसेर पनि गर्भपतन गराउने गर्थे । आफू भोकै हुँदा पेटभित्रको बच्चा पनि भोकै भएर बढ्दैन भन्ने मानसिकताले यस्तो तरिका अपनाइन्थ्यो । बच्चा नमरेसम्म महिलाहरु भोकै बस्ने गर्थे ।

साझापोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here