३ लाख बढी तामाङहरु ईसाइ बनिसकेको खुलासा

को 😎😎😎😎 एकदम महत्त्वपूर्ण कुरा उठाउनु भएको छ त्यसमा धेरै टिप्पणी गर्नुपर्ने जरुरी छैन तर बोन र बौद्ध बारेमा जो जसले कुरा उठाउने गर्छ त्यो आलाकाँचाले मात्रै हो किनभने बौद्ध र बोन विवाद छैन,जुन मिश्रण हिजो नै हुने भैसकेको छ न अब थुत्नु मिल्छ न थप्न नै मिल्छ, थुत्दा अपांग हुन्छ थप्द मर्छ भनेपछि फ़ेरि किन टिप्पणी गर्नु पर्‍यो ?

हो, केही केही नबुझ्ने स्वांठ हरुले आफुले गरेको भएको सबै बौद्ध देख्ने वा होला भन्ने लागेकोले यस्तो विवादका कुरा गर्छन्, बोन परम्परा पनि हाम्रो अस्तित्व संग जोडिएको ऐतिहासिक मुल पहिचानको श्रोत हुन् यसको मृत्यु हुनु पनि दिन हुन्न समुदायको एउटा इकाईमा जिवित रहन्छ र रहनुपर्छ।

बाँकी अति महत्त्वपूर्ण कुरा चाहिँ ३ लाख तामाङ क्रीस्चियन बनिसकेको अवस्था छ यो तितो सत्य हो र अर्को तितो सत्य के पनि हो भने जुन दिन नेपालमा पहिचानको आन्दोलन चल्न थाल्यो, संघर्ष संगठन खोल्न थाल्यो त्यही मिति बाट यो ३ लाख तामाङ क्रीस्चियन बन्ने क्रम पनि सुरुवात भएको हो, अर्थात संग संगै हुर्केको जम्ले दाजुभाइ जस्तै हो, नेपालमा जतिजति पहिचानको आन्दोलन सडकमा उफ्रेको देख्न थाल्छ त्यति त्यति तामाङ समुदाय आफ्नो मुल धर्म बाट बिचलित हुँदै पहिरो जान्छ !

त्यसैले यसको साइनो क्रीस्चियन संग जोडिएको हुदैन भनेर कसरी भन्न सक्छौ ? किनभने अहिलेसम्म पहिचानका नारामा खुलेको संस्थाले पाएको पैसा युरोपेली युनियन बाहेक अन्य देश बाट एक रुपैयाँ थापेको छैन वा दिएको छैन र त्यही युरोपेली युनियन अर्को तर्फ क्रीस्चियनकरण गर्न आर्थिक उपलब्ध गराउँछ !

पश्चिमीहरु नेपालमा दायाँ हातले नाक चुच्चे लाई बाइबल बाँड्न पैसा दिन्छन् अर्को देब्रे हातले थेप्चे लाई पहिचानको नारा घन्काउन हिन्दुले खत्तम पार्‍यो ! सिद्धिन थाल्यो ! लौ टुंगिन थाल्यो ! भन्दै तामाङ समुदाय लाई “तेरो बारीमा अन्न खायो गोरुले भन्दै घर बाट बाहिर निकालेर झ्यालबाट चोर पसाउने यिनै पहिचानवादीहरु हुन् भन्दा अब त चित्त दुख्नु नपर्ने हो क्यारे ? त्यो ३ लाख (अझै बढी हुनसक्छ) तामाङ आज मुल धर्ममा छैन, हिजो हिन्दुराज्यको २४० बर्ष सम्म अशिक्षा अभाव दुर्गममा बस्ने हाम्रो पुर्खा हरुले दौराको फेरोमा पोल्टो पारेर ३ जना पनि तामाङ बाहिर जान दिएको थिएन जोगाएर राखेको थियो ।

तर आज पहिचानको नारा घन्काउने युगमा प्रवेश गरेको २४० महिना पनि पुग्दा नपुग्दै पहिचानको संकट देखिन्छन् भने हिन्दुराज्य फालेको उपलब्धि यही गर्न थियो भनेर भन्न अब पनि खुट्टा काँपनु के लाई पर्‍यो भाई ? अहिलेसम्म कुनकुन पहिचानवादीले कुनकुन संस्थाले ३ लाख तामाङले पहिचान त्यागेको बारेमा आफ्नो आधिकारिक रूपमा संस्थागत निर्णय गरेर आपत्ति प्रकट गरेको छ ? तर गर्दैन ! तर बोल्दैन ! तर भन्दैन तर सुन्दैन !

किनकि उनलाई हिन्दु समुदाय संग तामाङको मनमुटाव गर्न जिम्मेवारी दिएको छ ता की केही टाठा बाठा तामाङ हरु त्यतै अन्तरबिरोधमा रुमाली रहुन धर्म परिवर्तनको संगठित बिरोध कतैबाट न आओस् भन्न लाई केही खुद्रा रकम फाल्ने गर्छ त्यही फालेको रकममा सोनाम ल्होसार ! तामयिग लिपी ! ताम्सालिंग ! भन्दै मुल समस्या बाट ध्यान भड्काएर फरक एजेन्डामा तामाङलाई घुमाई रहन्छ !! होइन र ? मोहन लामा रुम्बा को बालबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here