भारतले नेपाली खेलाडी पनि बाँकी राखेन, सन्दिप लामिछानेलाई २० लाखमा किन्यो

युवा लेग स्पिनर सन्दिप लामिछाने विश्वको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।प्रतियोगिताका लागि हिजोदेखि जारी अक्सनमा १७ बर्षीय लामिछानेलाई दिल्ली डेयर डेभिल्सले आज न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको हो ।

दुई बर्षअघि बंगलादेशमा सम्पन्न अन्डर नाइन्टिन विश्वकप क्रिकेटमा सनसनीपूर्ण प्रदर्शन गरेपछि उदीयमान युवा खेलाडीको रुपमा विश्व क्रिकेट जगतमा सन्दिपको चर्चा भएको थियो ।

नेपाली राष्ट्रिय टोलीको समेत महत्वपूर्ण सदस्य रहेका लामिछानेलाई फ्रेन्चाइज टोलीहरुकै विशेष अनुरोधमा आइपिएलको अक्सनमा समावेश गरिएको थियो ।

आइतबार भएको अक्सनमा दिल्लीले १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो । दिल्ली डेयरडेभिल्सको टिममा परेपनि आईपीएल खेल्न पाउँछन् पाउँदैन त्यो हेर्न केही समय कुर्नुपर्छ । Apartment for Rent in The Address Dubai Marina, Dubai Marina

टिममा २५ खेलाडी छन् र फस्ट इलाभेनमा पर्न सन्दिपले राम्रै मेहनत गर्नुपर्छ ।सन्दिपलाई किनेको दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्टदेखि पृथ्वी शाह समेत छन् । पृथ्वी भारतका यू-१९ क्रिकेटर हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here