ओलीले भारतीय राजदूतलाई सुटुक्क भेटे, बजारमा यस्तो छ हल्लीखल्ली !

माघ १२ गते भारतले आफ्नो ७० औं गणतन्त्र दिवस भव्यताका साथ मनायो । सोही अवसरमा भारतीय राजदूतावासले जनवरी २६ मा लैनचौरमा आयोजन गरेको दिवाभोजमा नदेखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलिपल्ट दूतावासमा आयोजित सांगितिक कार्यक्रममा भने सहभागी भएका छन् । दूतावासले आयोजना गरेको कार्यक्रममा भावी प्रधानमन्त्री ओलीसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी भएकी छिन् ।

शुक्रबार लैनचौरस्थित राजदूतावासमा आयोजित दिवाभोजमा ओली सहभागी भएनन् । कार्यक्रममा एमालेको तर्फबाट पार्टी सचिव प्रदीप ज्ञवाली सहभागी थिए । अध्यक्ष ओली सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब) ले आयोजना गरेको १३ औं साधारण सभाको उद्घाटनका लागि पोखरा पुगेका थिए ।

राजदूतावासको दिवाभोजमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधबकुमार नेपाल, उपप्रधानमन्त्री विजय गच्छदार र गोपालमान श्रेष्ठलगायत सहभागी थिए । दूतावासले आयोजना दिवाभोजमा सहभागी नभएकोमा सामाजिक सञ्जालमा ओलीको प्रसंशा र सहभागी नेताहरुको आलोचना भएको थियो । Apartment for Rent in Bay Central West, Dubai Marina

तर, भारतीय राजदूत पुरीले भोलिपल्ट जङ्गी अड्डामा आयोजित कार्यक्रममा ओलीलाई मात्र होइन, राष्ट्रपति भण्डारीलाई समेत सहभागी गराए । दूतावास अन्तर्गतको सांस्कृतिक केन्द्रवारा आयोजित प्रेस विज्ञप्तिमा जनाइएअनुसार ‘बलिउड फ्युजन ब्याण्ड’ नाम दिइएको सो सांगितिक कार्यक्रमको प्रमुख अतिथि राष्ट्रपति भण्डारी थिइन् भने ओली विशिष्ठ अतिथिका रुपमा सहभागी थिए ।

पूरीले त्यहाँ पनि भोजको आयोजन गरेका थिए । उनीहरु कार्यक्रम अवधिभर रहेका थिए । सो कार्यक्रममा भारतीय चर्चित संगितकार ऋषि दत्ताको प्रस्तुति रहेको थियो । उनले हिन्दी गितहरु सुनाएर मनोरञ्जन प्रदान गरे भने ओली पनि हिन्दी गितमा मनोरञ्जन लिँदै मुस्कुराईरहेका देखिन्छन्। साभार : काठमाडौंटुडे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here