कलाकार जलजलाको अवस्था देखेर भग्द्रगोल टिम भक्कानिए

यो बेला धेरै भाइरल भैरहेको बिषय हो नेपालि ताराकी गायिका जलजला परियार। मृत्यु संग लडिरहेकी परियारको लागि हाल कलाकारहरु उनलाई सहयोग गर्न व्यस्त छन। भद्रगोल टिम संगै अन्य कलाकारहरु पुगे । भद्रगोल टीम ले रु ४०००० (चालीस हजार) सहयोग प्रदान गरेको छ । यहि बिषयमा कलाकार हरिष निरौलाले यस्तो लेखेका छन् :

आज मेरो जन्मदिन हो। सर्वप्रथम ति मेरा पहिला भगवान जस्ले मलाई यो धरती मा जन्म दिनु भयो मेरा आमा अनि बुबा। वाहा हरूले दिनु भएको आशीर्वाद सदा सदा लागी रहोस। बाल्यकाल देखी आज सम्म आइपुग़दा मेरा हरेक सुख दुख मा साथ दिदै आउनु भएका ति मेरा तमाम आत्मीय साथी हरूले दिनु भएको आशीर्वाद पनी सधै सधै लागी रहोस।

आज मैले कलाकारिता गर्दै गर्दा तेरो कलाकारिता राम्रो छ भनि हौसला दिने वा अझ सुधार गर्दै जानु भनि प्रेरणा दिने मेरा ति भगवानरूपी दर्शक हरूले दिनु भएको आशीर्वाद पनी सधैभरि लागी रहोस। मलाई बिभिन्न माध्यम बाट मेरो जन्म दिन को शुभकामना दिनु हुने तपाई सम्पूर्ण को शुभेच्छा थियो राम्रो काम गर्नु, धेरै प्रगति गर्नु, स्वस्थ रहनु, लामु समय सम्म बाच्नु वा दीर्घायु हनु। Apartment for Rent in The Royal Oceanic, Dubai Marina

आज तपाईहरूले मलाई राम्रो काम गर्नु, धेरै प्रगति गर्नु, स्वस्थ रहनु, दीर्घायु हनु भनि आशीर्वाद दिदै गर्दा तपाईहरू संग कृतज्ञ हुदै मैले समझन पुगे दुई ओटै मृगौला फेल भएर टिचिंग अस्पतालको सैया मा छटपटाईं रहेकि उनै प्रतिभाशाली कलाकार, स्वर की धनि जलजला पारियार…

उनलाइ पनी त रहर होला राम्रो काम गर्ने, धेरै प्रगति गर्ने अनि दीर्घ जिबन बाच्ने तर आज जलजला दुई ओटै मृगौला को अभावमा मुश्किलले जिंदगी धानीरहेकि छिन। तपाई हरूले मलाई दीर्घ जिबन बाच्नु भन्ने आशीर्वाद दिदै गर्दा मैले सोचे यही आशीर्वाद मैले जलजला पारियार लाई पनी दिनु पर्छ। तसर्थ आज मेरो जन्मदिन जलजला पारियार लाई समर्पित गर्दै उनको दीर्घ जिबन को कामना सहित हामी भद्रगोल टीम ले रु ४०००० (चालीस हजार) सहयोग प्रदान गरेका छौ।

जलजला परियारलाई सहयोग गर्न चाहनु हुन्छ भने ग्लोबल आई एमई बैकमा जलजलाका पिता नारायण बहादुर दर्जीको नाममा रहेको खाता नम्बर ३५०७०१०००३५७६ मा रकम जम्मा गर्न सक्नुहुनेछ । जलजलाका पिता नारायण बहादुर दर्जीलाई सिधा सम्पर्क गर्नको लागि वहाँको मोबाईल नम्बर ९८४३६०३००५ हो । सकिन्छ सहयोग गरौं, नसके सेयर गर्रौ । धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here