पत्रकारहरुले कसमै खाएर भने, राष्ट्रपतिको कार्यक्रममा कहिलै जाँदैनौं

फोटो पत्रकारहरुले राष्ट्रपतिको कार्यक्रम बहिस्कार गर्ने भएका छन्। फोटो पत्रकारहरुको समूह फोटो जर्नलिष्ट क्लबले आज एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति कार्यालय तथा राष्ट्रपति सहभागि भएका सबै कार्यक्रमहरुको तस्विर संकलन तथा सम्प्रेषण नगर्ने जानकारी गराएको हो। गत माघ ५ गते राष्ट्रपति भवनमा आयोजित प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमका फोटो पत्रकार र क्यामेरा पर्सनहरुलाई प्रवेश निषेध गरिएकोमा विरोध जनाउँदै सो कदम चालिएको क्लबका अध्यक्ष विकास कार्कीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

संविधानको संरक्षक राष्ट्रपति नै सहभागि सार्वजनिक महत्वको कार्यक्रममा सरकारी सञ्चार माध्यमलाई प्रवेश दिने तर निजीलाई रोक लगाइने कार्य प्रेस स्वतन्त्रता विरोधी र विभेदकारी कदम भएको क्लवले ठहर गरेको छ।क्लबले माघ १४ गते राष्ट्रपतिसमक्ष यस्ता विभेद तथा अवरोधको अन्त्यका लागि ध्यानाकर्षण जनाइसकेको छ।

विज्ञप्तीमा भनिएको छ,‘निजी र सरकारी सञ्चार माध्यमबिच विभेद हटाई समाचार संकलनमा राष्ट्रपति कार्यालयमा हुने कार्यक्रमको सहज वातावरण नबनेसम्म राष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिका सम्पूर्ण कार्यक्रमहरुको तस्विर संकलन तथा सम्प्रेषणमा सहभागि हुन सकिने छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here