धादिङकी सन्ध्याको मायाजालमा परेपछी मन्त्रीदेखी व्यापारीसम्मको बिल्लिबाँठ

पैसावाल र उच्चपदस्थ व्यक्तिहरुलाई फसाएर ब्लाकमेलिङ गर्ने युवतीहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । महानगरीय अपराध महाशाखाले यस्तो समूहकी एक युवतीलाई पक्राउ गरेको छ । धादिङकी सन्ध्या खड्कालाई प्रहरीले पक्राउ गरेको हो । सो समूहले फेसबुकबाट धनाढ्यहरुसाग नजिक हुने र प्रेमको नाटक गरेर रोमान्स गरेपछि ब्लामेल सुरु गर्ने गर्दछन् ।

सम्बन्ध स्थापित भइसकेपछि आफुहरुबीचको सम्बन्ध परिवारलाई भनिदिने भन्दै लाखौं मागेर ब्लाकमेल गर्दै आएके भन्दै एक व्यापारीले प्रहरीमा उजुरी दिएका थिए । सोहि आधारमा पक्राउ गरेको हो ।

उनको समूहमा त्यस्ता धेरै जना युवतीहरु रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्राय भिआईपीहरुलाई उनीहरुले आफ्नो जालमा पार्दै आएक छन् । दृष्टि साप्ताहिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here