पानी पानी बनाउने ६ कथाहरु – अरुको अगाडि नपढ्नुहोला

१:- गिलो माया : मैले उसलाइ जिस्काउंदै भने “तिमिलाइ मेरो माया नै लाग्दैन है?” उसले मुख फुलाउंदै बोली “होला खुबै, हजुरले भन्दा त दोब्बर गर्छु के म।”
मैले हाँस्दै जवाफ फर्काएं “साँच्ची हो? कहाँ लाग्छ हौ मेरो मायाँ?”
उसले आँखा तर्दै बोली “लाग्छ नि जहाँ भएपनी, किन भन्नू हजुरलाइ?”
मैले उसको अनुहारमा हेरेर मुस्कुराउंदै भनेँ “भनन डल्ली! कहाँ लाग्छ त अनि मेरो मायाँ?”  उसले आफ्नो हात छातिमा लग्दै हाँसेर बोली “याँ लाग्छ। अब भयो?”
मैले झनै उसलाइ जिस्काउंदै बोलेँ “खै म त देख्दिन त।”

उसले मेरो तिग्रामा प्याट्ट हान्दै भनी “देखिन्छ त अनि? छ नि भित्र।”
म उसको नजिक सर्दै हाँसेर बोलेँ “कपडा भित्र छ हो मायाँ? खै खै हेरुम्।”
उ लजाए झैँ गरेर केही पर सर्दै बोली “अहिले पिट्छु हजुरलाइ म। देखिदैँन माया साया, जानू पर।”

मैले उसको हात समाएर मेरो नजिक तान्दै बोलेँ “देखिंदैन भने छाम्दा भेटिन्छ कि कतै।” उसले आँखा तरेर रिसाए झैँ गर्दै मलाइ हेरेर बोली “हजुर धेरै नजिस्किनु त।” मैले उसलाइ तानेर मेरो अंगालोमा ल्याएँ। उ उम्कन खोजी। मैले झनै दह्रो गरेर पकडेँ। लगत्तै उसले बल गर्न बन्द गरि अनि छातिमा टाँसिइ रहि। हामी दुबैको स्वासको गति बढेको थियो। मेरो गर्धनमा रहेको उसको सिरलाइ अगाडि ल्याएर मैले उसको ओठमा चुम्बन गरिदिएँ। उसले कुनै प्रतिकार गरिन।

मैले मेरो एउटा हातलाइ उसको छातिमा राख्न खोजेँ। उसले मेरो हातलाइ पर ठेलिदिइ। मैले चुम्बन गर्न बन्द गरेँ। उसले केही मलिन अनुहार बनाएर मेरो अनुहारमा हेरि। म उसलाइ हेरेर थोरै मुस्कुराइदिएँ। म मुस्कुराए पछि उसको अनुहारमा पनि लज्जा मिश्रीत मुस्कान देखा पर्यो। लगत्तै उ आफैँले मलाइ तानेर ओठमा चुम्बन गर्न थाली। केहिबेरपछी मेरो हात फेरि उसको छातीमा पुग्यो। यो पटक उसले मेरो हातलाई रोकिन। उसले चुम्बन गर्न बन्द गरि अनि मलिन स्वरमा बोली “मलाइ कहिल्यै छोड्नु त हुन्न नि है?”

मैले उ संग नजर मिलाएर बोलेँ “यस्तो कुरा नि सोध्ने हो त लाटी? आफ्नै मुटुलाइ छोडेर पनि कोहि बाँच्न सक्छ र?” मैले यति बोल्ने बित्तिकै फेरि उसले मलाइ तानेर चुम्बन गर्न थाली। बिस्तारै मेरा हात उसको शरीर भरी सलबलाउन थाले…………….। बेलुका घर पुगेपछी च्याटमा मैले उसलाइ जिस्काएँ “मायाँ त गिलो हुँदो रैछ है डल्ली?” उसले मेरो कुरा बुझिन क्यारे, रिप्लाइमा लेखी “माया गिलो हुन्छ रे? के भन्नू भएको?” मैले हाँसेको इमो सहित जवाफ फर्काएँ “केही हैन डल्ली। आइ लभ यु भनेको क्या।” उसले लगत्तै रिप्लाइ गरि “लभ यु टू फटाहा मान्छे।”

२:- बाहुनको नाक

“बाहुनहरुको नाक पनि कति ठूलो हो!” उसले मेरो नाकमा छुँदै बोली।
“बाहुन हैन म छेत्री हो।” मैले उसको हात हटाउँदै भनेँ।
“बाहुन भनेनी छेत्री भनेनी एउटै त होनि।” उ मस्किइ।
“त्यस्तो कुराले त सबै एउटै हो नि। तिमी भोटिनी पनि त म जस्तै मान्छे त हो।”
“जे भएनी फरक छ नि अलिकती।”
“के फरक छ?”
“नाक!” उ खित्का छोडेर हाँसी।
“तिम्रो पनि नाक मेरो जस्तै ठूलो बनाइदिम् त?”
“कसरी बनाउनु हुन्छ? अलिकती काटेर दिने हो तपाइँको?” ऊ गलल हाँसी।
मैले उसको नाकमा पकडेर दुख्ने गरि तानिदिएँ अनि भनेँ “यसरी बनाउने ठूलो।”
साह्रो दुखेछ क्यारे, उसले रिसाएर मुख फुलाइ।
“कस्तो साह्रो दुखाइ दिनु भयो। चुच्चे बाहुन्।”

“बाहुन हैन, म छेत्री हो भन्दैछु झन्।”
“ईस् हो! यत्रो ठूलो नाक छ, बाहुन् त हो नि।”
“ठूलो त नाक मात्र हैन अरुथोक पनि छ नि।”
“के ठूलो छ अरु? त्यही नाक त हो नि ठूलो।”
“तिमिले देखेको भएपो थाहा पाउथ्यौ त।” मैले जिस्काइदिएँ।
“ईस् होला! के छ ठूलो भन्नू त लु।”
“आफैँ थाहा पाउँछौ बिस्तारै।”
“अहिले भन्नू मलाइ। के छ ठूलो?” उसले बच्चा झैँ जिद्दी गरि।
“दिल ठूलो छ नि डल्ली। अरु के हुनु?” मैले हाँस्दै जवाफ दिएँ।
“खुबै ठूलो छ हजुरको दिल।” उसले मुख बटारी।

“ठूलो त छ नि अनि। तिमी अँटाएकी छौ त्यसमा।”
“छैन म तपाइँको दिलमा। चुच्चे बाहुन्!”
“मलाइ पो थाहा हुन्छ त मेरो दिलमा को छ र छैन भनेर भोटिनी।”
“त्यसो भए खै मलाइ देखाउनु त।” उ मेरो नजिकै सरि।
मैले उसलाइ तानेर छातिमा टाँसेँ अनि बोलेँ “हेरेर देखिन्छ त अनि भोटिनी।”
“कसरी देखिन्छ त?” उसले सानो श्वरमा बोली।
“महसुस गरन डल्ली।” मैले जवाफ दिएँ।

उसले केही बोलिन। मलाइ जोडले पकडेर अँगालो हालिरही। हामी दुबैजनाको मुटुको धड्कन बढ्दै गयो। उसको बढेको सासको न्यानो मेरो कानमा ठोकियो। मैले मेरा ओठहरुलाइ उसका गालाको पल्लो छेउमा छुवाएँ। केहिबेरपछी उसले पनि टाउको घुमाएर उसका ओठहरु मेरा ओठ सम्म ल्याइपुर्याइ। हामी दुबैजनाका ओठहरु एकआपसमा खप्टिए। सुस्तरी उसका कोमल हातहरु मेरो ढाडमा सलबालाउन थाले अनि मेरा हातहरु उसका शरीर भरी। केहिबेरमा उसले मलाइ आफू संग तान्दै आफ्नो शरिरलाइ छोडिदीइ। उसको शरीर पलङमा पल्टियो अनि म उसको छातिमा खप्टिएँ।

बिस्तारै हामी दुबैका शरीरमा कपडा रित्तिए। अनि हाम्रा निर्वस्त्र छाती एकआपसमा रगडिए। जब मेरा हातहरु उसको कोमल छातिमा सलबलाउन थाले, उसका हातका औँलाहरु मेरो ढाडमा गाडिँदै गएँ। मैले आफुँलाइ रोक्न सकिन, अनि बिस्तारै त्यो आनन्दिय तलाउ भित्र डुबुल्की मारिदिएँ………। केहिबेरमा उठेर कपडा लगाइ सकेपछी उसको घर फर्कने बेला भयो। “मलाइ जान नै मन छैन। मलाइ नि राख्नु न यहिँ।” पलङ छेउमा बसेर उसले लाडिदैँ बोली।
“अब अर्को साल देखि है भोटिनी?”
“अर्को साल पक्का है चुच्चे बाहुन्?”
“म बाहुन हैन छेत्री हो क्या डल्ली।”
“इस् हो! मेरो बाहुन् त होनि। यति ठुलो नाक छ।” उ हाँसिदीइ।
“नाक मात्र हैन, दिल नि ठूलो छ नि डल्ली।” म पनि मुस्कुराएँ।
“नाक र दिल मात्र हैन, अरु थोक नि ठूलो छ मेरो चुच्चे बाहुनको।” उ खित्का छोडेर हाँसी।

“अरु के ठूलो छ हौ डल्ली?” मैले पनि हाँस्दै सोधेँ।
“हजुर संग भएको हजुरलाइ नै त थाहा होला नि।” उसले उस्तै हाँस्दै बोली।
“थाहा छैन क्या। भनन के ठूलो हो?”
“आँखा नि। तपाइँका आँखा ठुला छैनन् त मेरा भन्दा?” उ मुख छोपेर मुसुमुसु हाँसिरही। म पनि भित्तामा ढल्किएर उसलाइ हेर्दै मुस्कुराइ रहेँ।

३:- दूध र रोटि

“भाउजू एउटा चुरोट दिनुस् त।” पसलमा पुग्ने बित्तिकै मैले बोलिहालेँ। भाउजुले अचम्मित भएर मलाइ हेर्दै बोलिन् “अरे बाबू। कहिले आउनु भयो काठमान्डौँबाट?”
पसल अगाडिको कुर्सिमा बस्दै मैले बोलेँ “आज बिहान मात्र आइ पुग्दैछु भाउजू। अनि आराम हुनुहुन्छ नि ?” भाउजुले एउटा चुरोटको खिल्ली र लाइटर मलाइ दिँदै भनिन् “अँ आराम छ त। अनि बाबु यो पटक बिहे गरेर जाने होलानी ?”
मैले चुरोट पकडेर हाँस्दै बोलेँ “हैट भाउजू अहिले नै कहाँ त्यस्तो झन्झट भिर्नु। अझै दुइचार बर्ष चाहिँ रमाइलो गरेर नै बस्ने हो।”

भाउजू पनि हाँस्दै बोलिन् “बिहे गरेपछी झन् रमाइलो नि। जवानिमा एक्लै बसेर नि रमाइलो हुन्छ त कतै?” मैले चुरोटको धुवाँ फुक्दै जिस्किएँ “अनि बिहे गरेपछी चाहिँ कसरी रमाइलो हुन्छ त भाउजू झन् ?” भाउजू झन् खित्का छोडेर हाँस्दै बोलिन् “रमाइलो त हुन्छ नि। यस्तो जाडोमा तातो चिया अनि खाजा बनाएर खुवाउने बुढी भएसी रमाइलो हुंदैन त?” भाउजुको अनुहारमा पुलुक्क हेरेँ अनि उसै गरि बोलेँ “नाथे चिया नै खानु त के रमाइलो कुरा भयो र भाउजू?”

भाउजुले झट्टै प्रश्न गरि हालिन् “अनि जाडोमा चिया नखाएर के खाँदा रमाइलो हुन्छ त?” मैले हाँस्दै टेडो उत्तर फर्काएँ “मलाइ त चिया भन्दा दूध नै मन पर्छ हौ भाउजू। अझ यो जाडोमा दूध र रोटि खान पाएत गज्जब नै हुन्छ।”
भाउजू पसल नै थर्किने गरि हाँस्दै बोलिन् “त्यही भएर त खुवाउने मान्छे ल्याउन पर्यो भनेको त अनि।”

मैले चुरोटको ठुटो भुइंमा फ्याकेर खुट्टाले टेक्दै बोलेँ “तर भाउजू, रोटि त घरमा अघाउन्जेल खाएको भन्दा छरछिमेकले दिएर कहिलेकाहिँ अलिकती खाएको नै स्वादिलो हुन्छ क्या।” भाउजुको हाँसो रोकिएन। खित्का छोड्दै बोली हालिन् “बजार तिर किनेर नि त खाने गर्या होलानी ?” भाउजु संग नजर मिलाएर नै जवाफ दिएँ “घरमा नभेटेसी,, छरछिमेकिले नबोलाएसी कहिलेकाही किनेर नि खान पर्यो नि त भाउजू।” भाउजुले पहिले भन्दा हाँसो नियन्त्रण गर्दै बोलिन् “किनेर खाए जस्तो त नहोला तर साह्रै खान मन लाग्यो भने यता आएनी हुन्छ नि कहिलेकाहिँ।”

म हडबडाएँ। कुर्सीबाट उठ्दै अकमकिएको बोलिमा भनेँ “दाइलाइ नै पुग्दैन होला। मलाइ कहिले खुवाउनु होला र तपाइँले?” भाउजुले निच्च दाँत देखाउदै बोलिन् “दाजुलाई मन पर्दैन बाबू रोटि, कहिलेकाही दियो भने नि यसो अलिकती जुठो मात्रै लगाएर छोड्छन्।” म हाँस्दै उठेर हिँडेँ। भाउजुले पछाडीबाट कराइन् “साह्रै खान मन लागेको भए भोलि आउनुस् केरे बाबू। ….. अँ अनि आउदा झोला ल्याउन चाहिँ नभुल्नु है?”

म हाँस्दै पछाडी फर्किएर बोलेँ “झोला किननी ??” भाउजुले लजाए झैँ हांस्दै सिर झुकाइन् अनि बोलिन् “रोटि हालेर लग्ने झोला क्या। घरमा पनि लिएर जानू भनेर नि।” म झनै जोडले हाँस्दै बोलेँ “रोटि हाल्ने कि रोटिमा हाल्ने?” भाउजूले फेरि खित्का छोडिन्। म मुस्कुराउँदै अगाडि बढेँ।

४:- उही भाउजू:-

बर्षात रोकिने बित्तिकै पसलमा पुगेँ। भाउजुले मन्द मुस्कुराउँदै स्वागत गरिन्। म छेउको कुर्सिमा बसेँ अनि चुरोट मगाएँ। “अचेल त आउनै छोड्नु भयो त बाबू?” भाउजुले चुरोट र सलाई थमाउँदै बोलिन्। “बर्खा लागेको छ भाउजू। अब रोपाइँ गर्ने बेला भयो। खनजोत गर्नु पर्यो नि त।” मैले हाँस्दै जवाफ फर्काएँ।

उनले पत्याइनन् सायद। मलाइ हेरेर हाँस्दै बोलिन् “कुन खेत खनजोत गर्नुहुन्छ हौ बाबू? धान रोप्ने खेतमा त साह्रै काम गर्नुहुन्छ जस्तो लाग्दैन त।” “जता भेट्यो त्यतै गर्छु नि भाउजू। बरु तपाईँको नि खनजोत गर्न भए लगाउनुस् क्यारे खेताला।” मैले पनि कर्के नजरले उनलाइ हेर्दै हाँसेर बोलेँ। “आफ्नो त खेत नि त्यै सानो आँठो मात्रै छ बाबू। त्यति नि कुनैदिन दाजुलाई जाँगर चल्छ र जोति दिन्छन् कि भन्ने आश गर्यो बस्यो!” यति बोलेर भाउजू ओठ टोक्दै मुस्कुराइन्।

“दाइले गरेनन् भने मलाइ लगाउनु नि त भाउजू। फुर्सद नै छु क्यारे म पनि।” चुरोटको धुवाँ अनि मेरो हाँसो एकैसाथ उड्यो आकाशमा। “गर्नत के गर्थे बाबू तिनले। एक महिना अघि देखि चुनाब लाग्या छ तिनलाइ। अस्ति सम्म दिनरात झण्डा ठड्याएर हिँड्थे। आजभोली पनि बजार तिर मात्र कुद्छन् किन हो कुन्नी!” उनको अनुहार बिग्रीयो। “हेर बिजोग! दाइले झण्डा बाहेक अरु केही नठड्याउने, अनि भाउजुको खेत भने बाँझैँ।” मैले जिस्काइदिएँ।

भाउजू खित्का छोडेर हाँसिन्। उनको हातमा रहेको चाबिको झुत्तो भुइँमा झर्यो। भाउजू चाबी टिप्न निहुरिइन्। उनको कपडाको गलाको भागबाट ती पोटिला दानाहरुले बाहिर चिहाए। मेरा नजर त्यहिँ गाडिए। हट्न मानेनन्। भाउजुले पत्तो पाइन्। कर्के नजरले मलाइ हेरिन् अनि लज्जा मिश्रीत मुस्कान छर्दै माथी उठिन्। मैले नजर झुकाएँ। “अनि भाउजू खेताला लगाउने पक्का भयो हैन त मलाइ?” मैले उनलाइ नहेरि बोलेँ।

“हाजिरा त तिर्न पर्दैन नि?” उनी खितिती हाँसिन्। “पर्दैन भाउजू। मीठो खाजा खुवाए भैहाल्छ।” “के खुवाउनु नि मीठो खाजा चाहिँ?” “पहिले नै भनेको थिएँ त भाउजू। मलाइ दूध र रोटि मन पर्छ भनेर।” म फेरि हाँसिदिएँ। उनी पनि म संगै हाँसिन्। “ल त भाउजु! अहिले चाहिँ म लागेँ। भरेभोली समय मिलाएर तपाइँको काम गर्दिउँला।” मैले कुर्सिबाट उठ्दै बोलेँ। भाउजुले उस्तै लजालु हाँसो हाँसिन्। म केही अगाडि बढेपछि उनले पछाडिबाट हाँस्दै बोलिन् “आउँदा ‘रेनकोट’ ल्याउनुनी फेरि! झरिको मौसम छ।”

मलाई पनि हाँसो लाग्यो। पछाडी फर्केर नहेरी हाँस्दै बोलेँ “हुन्छ भाउजू। बरु तपाइँ पनि झारजंगल गोडेर राख्नुहोला।” पछाडी उनको मधुरो हाँसो सुनियो। म मुस्कुराउँदै फटाफट अगाडि बढिरहेँ।

५:- प्रेमिकाको साथी

मेरि प्रेमिकाको एउटा मिल्ने केटा साथी छ। जसको हरबखत ऊ कुरा गरिरहन्छे। कहिले ‘उसले नयाँ बाइक किनेको छ’ भन्दै सुनाउँछे त कहिले ‘उ अस्ट्रेलिया जान कोसिस गर्दैछ’ भनेर सुनाउँछे। मलाइ उसले त्यो केटाको कुरा गरेको पटक्कै मन पर्दैन। कहिलेकाहिँ रिसाइ पनि दिन्छु। तर ऊ उल्टै “के मैले केटा साथी नै बनाउन हुँदैन?” भनेर प्रश्न गर्छे। अनि म संग चुप लागेर बस्नुको कुनै बिकल्प हुँदैन।

अस्तिको दिन हामी संगै भएको बेला उसले सुनाइ “थाहा छ तपाइँलाइ, समिरको अस्ट्रेलियाको भिजा लाग्यो नि।” फेरि उसले त्यही केटाको कुरा गर्दा मलाइ रिस उठेर आयो। मैले सन्किएर बोलेँ “अनि के गर्नु त मैले?” उसले ठुस्स परेर बोली “कस्तो सन्किनु भएको। सुनाएको नि त्यतिकै। तपाइँलाइ के गर्नु भनेको छ र?”
मैले झनै झर्किएर जवाफ दिएँ “अनि तिम्रो समिरको बारेमा मलाइ किन सुनाउनु पर्यो त?”

उसको अनुहार रातो भयो। पिलपिल आँखा बनाएर बोली “मेरो समीर रे? के भन्न खोज्नु भएको तँपाइले?” मैले उस्तै रुखो स्वरमा भनेँ “अनि तिम्रो समीर त होनि। जति खेरै त्यसैको बारेमा मात्र कुरा गर्छौ। मेरो भन्दा धेरै चिन्ता त उसैको छ तिमिलाई।” उ रुन थाली। म भन्दा केही पर सरेर रुँदै बोली “यसरी संका गर्नुहुन्छ है मलाइ? के मेरो मिल्ने केटा साथी हुन हुँदैन? स्कुल पढ्दा देखिको साथी हो समीर भनेर तपाइंलाइ थाहा छ त।”

उ यसरी एकहोरो गनगनाउँदै रोइरहि। म केहिबेर सम्म अँध्यारो अनुहार बनाएर उसलाइ हेरिरहेँ। उसले रुन बन्द नगरेपछी म संग उसलाइ फकाउनुको बिकल्प थिएन। म उसको नजिकै गएँ अनि उसको कुममा हात राखेर सानो स्वरमा बोलेँ “नरोउन प्लिज, सरि।” उसले सुँकसुक्काउंदै बोली “मेरो मायामा बिस्वास लाग्दैन है हजुरलाइ?” मैले उसलाइ मेरो नजिक तान्दै भनेँ “बिस्वास लाग्छ सानु। तिमिले अरुको कुरा गर्दा नराम्रो लागेको मात्र हो।”

उसले आँसु पुछ्दै बोली “होइन! हजुरलाइ मेरो बिश्वास नि लाग्दैन, माया नि लाग्दैन।” मैले उसलाइ अंगालो हाल्दै भनेँ “त्यस्तो नभनन सानू। तिम्रो मलाई धेरै माया लाग्छ र त तिमिले अरुको कुरा गर्दा पनि मेरो मन दुख्छ त लाटी।”
मैले यति भनेपछी उसले केही बोलिन। म संग कस्सिएर अंगालोमा टाँसिइ रहि। केहिबेर पछि मैले उसलाइ चुम्बन गर्न खोजेँ। उसले रिसाए झैँ गर्दै टाउको बटारी। मैले जबरजस्ति उसलाइ तानेर चुम्बन गरिदिएँ।

केहिबेर पछि उसले पनि मलाइ साथ दिन थाली। केहिबेरको चुम्बन पछि मेरा हात उसका बक्षस्थल तिर सलबलाउन थाले। अनि उसका हातहरु मेरो ढाडमा गाडिएर मलाइ तान्न थाले। मैले उसलाई चुम्बन गर्दै बिस्तारै उसका कपडा खोलिदिएँ। अनि आफ्नो पनि सर्ट खोलेर फालेँ।

चुम्बन गर्दै पाइन्ट खोल्न अफ्ठेरो भएकोले चुम्बन गर्न छोडेँ अनि पाइन्ट खोल्न थालेँ। उसका कामुक नजरले एकहोरो मलाइ घुरिरहे। जब मैले पाइन्ट उतारेर फालेँ उसले हाँस्दै प्याच्च बोली ” अचेल यो अन्डरवेयरको त फेसन नै आएको छ कि क्याहो? समिरले पनि ठ्याक्कै यस्तै लगाको थियो।” अचानक कोठामा अनौठो मौनता छायो। मैले एकहोरो उसलाइ हेरिरहेँ। उसको अनुहार बादलले ढाकेको आकास जस्तै अँध्यारो भयो।

६:- माफी

हामी बिच एकदमै गहिरो प्रेम थियो। तर पनी हाम्रो बिबाह भने हुन सकेन। कारण यहि थियो कि, ऊ मेरि छिमेकिकी छोरी थिइ। अनि उसको परिवार मेरो भन्दा धनी पनि थियो। उसको अन्तै बिबाह हुने टुंगो भयो। बिबाहको दुइदिन अघि घरमा मेरा बाआमा नभएको मौका पारेर ऊ मेरो घरमा नै आइ अनि रुन थाली। म उ संग बोल्न चाहिन। उसलाइ त्यहिं छोडेर म आफ्नो कोठा तिर पसेँ। उ रुँदै कोठामा नै आइ अनि माफी माग्न थाली। रुँदै माफी मागेपछी, मैले उसलाइ माफ गरिदिएँ………..।

उसको बिबाह भयो, उ पराइ भइ। मलाइ गाउँमा बस्नै मन लागेन। बालाइ भनेर पासपोर्ट बनाएँ अनि लागेँ अरबतिर। तीन बर्षपछी गाउँ फर्किएँ। फर्किएको केहि दिनपछी संगिताका बा घरमा नै आएर भने “हौ केटा! फुर्सद छ भने एकछिन बिर्तामोड पुगेर आइज न। संगिता आउँछु भन्दै थि, म लिन जान नै नभ्याउने भएँ।” मैले ‘नाइ’ भन्न सकिन। संगिताको बाको मोटरसाइकल लिएर गएँ बिर्तामोड तिर। उसको घर नजिकै पुगेर मोटरसाइकल रोकेँ। उसको घरको अगाडि पटि किराना पसल थियो। मलाइ पनि चुरोट को तलतल लागि रहेको थियो। घर छिर्नु भन्दा पहिले पसलमा गएंं अनि चुरोट सल्काएँ।

पसले दिदिले मेरो अनुहारमा हेरेर बोलिन् “बाबू यहिँ संगिता बहिनीकोमा आउनु भएको हो कि क्याहो?” मैले हाँस्दै जवाफ दिएँ “हजुर हो त, कसरी थाहा पाउनु भयो?” पसले दिदिले झट्टै बोलिहालिन् “मामा भान्जाको अनुहार काट्टीकुट्टी उस्तै रैछ त अनि चिनिहालिन्छ नि संगिताकै दाजुभाइ होला भनेर……।” म झक्स्किएँ, तानी रहेको चुरोटको धुवाँ सर्किएर गिदि सम्म पुग्यो…….। मेरो भन्नु:- यी सबै टुक्राहरू मात्र रमाइलोको लागी लेखिएका हुन्! यी टुक्राहरुका सबै पात्रहरु काल्पनिक हुन्| स्रोत : garapare

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here