योगेश भट्टराईले भने, देश अव गम्भिर खतरातर्फ गयो

नेकपा एमालेका सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले देशको राजनीति गम्भिर खतरातर्फ अघि बढेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज स्टाटस अपडेट गर्दै भट्टराईले देशको राजनीति खतरातर्फ अघि बढेको टिप्पणी गरेका हुन् । मुर्त रुपमा कस्तो खतरा भन्ने उल्लेख नभएपनि भट्टराईले राज्यका सवै निकाय उत्तेजित भएको बताएका छन् । कार्यपालिका, न्यायपालिका र मिडिया समेत उत्तेजित भएको भन्दै उनले देशलाई यहिं रोकेर सुरक्षित वातावरणतर्फ लैजान आग्रह गरेका छन् ।

भट्टराईले कामचलाउ हैसियतमा रहेको सरकारले दीर्घकालिन महत्वका निर्णयहरु गर्दै अव बन्ने एमाले नेतृत्वको सरकारलाई समस्यामा पार्न खोजेको तर्फ संकेत गर्न खोजेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here