एक घन्टासम्म चुप लागेर बस्ने कीर्तिमानी युवती, केरकार पछि खुल्यो यस्तो रहस्य

केटिमान्छे कतिसम्म बोल्छन भन्ने बारेमा त तपाईं पाठकहरु जानकार नै हुनुहुन्छ होला। पत्तरपत्तर गर्नु, चिरबिर चिरबिर गर्नु उनीहरुको जन्मजात गुण नै हो। तर, त्यही प्रजातिको केटि एक घन्टासम्म नबोली बस्न सक्छन् भन्ने तपाईले सोच्न पनि सक्नु हुन्न होला। सधै पत्तर पत्तर गर्ने एक नमुना तर भैदियो नै यस्तै। एक युवती एक घन्टासम्म नबोली बसेपछी माहोल तरङ्गित भएको छ।

यसरी मौनब्रत जस्तो कठिन कर्म के कति कारणले गरिन भन्ने बारेमा जान्न त्यहाको माहोल उत्सुक रहेको खबर हामीलाई प्राप्त भएको थियो। उनलाई केही बेर केरकार गरेपछी उनले बल्लतल्ल मुख खोलिन र घटनाको रहस्य छताछुल्ल भयो। स्रोतले जनाए अनुसार ती युवतीले घटना बाहिर आउनु अघि हल्लनचोकमा गएर एक प्लेट पानी पुरी खाएको र सो क्रममा ओठको लिपिस्टिक मेटिएको, झोलामा लिपिस्टिक नभएको र सोही कारणले ओठ लुकाउनलाई नबोलेर बसेको भन्ने प्रारम्भिक जानकारी बाहिर आएको छ।

यसरी लिपिस्टिक नै मेटिने गरि पानी पुरी खानु उनको गल्ती हो वा त्यसरी पानीपुरी दिनु पानीपुरी वालाको गल्ती हो भन्नेमा अनुसन्धान गर्न  टोलि हल्लनचोक पुगिसकेको खबर छ।

यता सरकारले उनलाई रास्टृय बिभुती घोषणा गरि हरेक केटिले उनीबाट चुप लागेर बस्ने कला सिक्नु पर्ने सन्देश हरकोहीसम्म पुग्नु पर्ने जनाएको छ।
यसरी केटिमान्छे भएर एक एक घन्टासम्म चुप लागेर बस्नु त संसारको आठौ आस्चार्य नै भएको भन्दै गिनिज बुक को टोलि प्रभावित भएको पत्रुकार झबिन्द्र मिश्राले बताउनुभयो। पुनश्च : यो समाचारमा कुनै सत्यता छैन, रमाइलोका लागि मात्र हो । तस्वीर: गुगलमा भेटिएको फिचर्ड इमेज, स्रोत : garapare

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here