काठमाडौंको महाराजगन्जस्थित नेपाली सेनाको भैरवनाथ गण भित्र बम बिस्फोट भएको छ । बम बिस्फोटबाट एक जना सैनिक गम्भीर घाइते भएका बुझिएको छ । सेनाको आफ्नै बिस्फोटक पदार्थ बिस्फोट भएको जनाइएको छ । तालिम गर्ने क्रममा ग्रिनेट बिस्फोट भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए । ग्रिनेट बिस्फोटबाट ५ जना घाइते भएका छन् ।
घाइतेमध्ये १ जना सैनिक जवानको अवस्था गम्भीर रहेको प्रवक्ता भण्डारीेले बताए । ‘तालिमको क्रममा ग्रिनेट बिस्फोट भएको हो,’ प्रवक्ता भण्डारीले भने, ‘बिस्फोटबाट ५ जना घाइते भएका छन् । १ जनाको अवस्था गम्भीर छ ।’घाइते सबैको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।