नेपालको तीनै तिरवाट आयो सवैलाई दु:खी बनाउने खवर

पुर्व पाँचथर, मध्य नवलपरासी र पश्चिम दाङमा आज सडक दुर्घटना भएको छ ।  पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपास्थित सल्लेरी बजार छेउमा आज ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे १ त ३४०६ नं को ट्र्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ– ४ का भुपेन्द्र दर्जी र श्रीजङ–२ का कमल भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ताप्लेजुङ सान्थाक्राका समीर शेर्पा घाइते भएका छन् । उनको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्र्याक्टर सडकबाट करिब एक सय ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  उता दाङ र नवलपरासीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

नवलपरासीको बर्दघाट नगरपालिका २ चिसापानीमा ना ६ ख ४७९८ नम्बरको ट्रकले लु १ ब ११२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृतकको नाम खुल्न सकेको छैन। दुर्घटनामा संलग्न दुबै सवारी साधन नियन्त्रणमा लिएको र ट्रक चालक फरार रहेकाले खोजिकार्य भैरहेको ईलाका प्रहरी कार्यलय बर्दघाटले जनाएको छ ।

उता दाङमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ। दाङबाट सिमेन्ट लिएर रुकुम तर्फ जादै गरेको से १ क ५२७ नम्बरको ट्रिपर बे्रक फेल भएर सडकबाट अन्दाजी ७० मिटर तल खस्दा २ जनाको मृत्यु भएको हो।

दुर्घटनामा ट्रिपर चालक बाकेको कोहलपुर नगरपालिका १० का २८ वर्षिय सुरज बोहोरा र परिचालक डोटी घर भएका २३ वर्षिय रमेश पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here