तुला र मकर राशीवालाको आज भाग्य खुल्छ, अरुको कस्तो ?

आज २०७४ साल माघ २३ गते मंगलबार, फाल्गुनकृष्ण षष्ठी, चित्रा नक्षत्र, शूलयोग, तुलामा चन्द्रमा ।  मेषः दिन असाध्यै राम्रो रहनेछ । कामप्रति जिज्ञासा बढ्नेछ । कामकाज सजिलै सम्पन्न हुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । वृषः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । उच्चस्तरीय कार्यव्रmम बन्नेछ । कार्ययोजना सफल हुनेछ । मावलीबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

मिथुनः दिन मध्यम रहनेछ । शरीर आलस्य हुन सक्नेछ । मुख्य काममा हात नराख्नु बेस हुनेछ । नियमित कामलाई निरन्तरता दिनु पर्नेछ । चिन्ता बढ्नेछ ।

कर्कटः दिन प्रतिकूल रहनेछ । बढी जोखिममूलक काम नगर्नु उपयुक्त हुनेछ । मन डराउन सक्छ । काममा सचेतताको खाँचो पर्नेछ ।

सिंहः दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बोध हुनेछ । उच्चस्तरीय सहयोग प्राप्त हुनेछ । यश, कीर्ति मिल्नेछ ।

कन्याः दिन मध्यम रहनेछ । बोलीवचनमा सावधानीको खाँचो पर्नेछ । स्वास्थ्यमा गडबड हुन सक्छ । आर्थिक मामिलामा पनि निकै सजग रहनु पर्नेछ ।

तुलाः दिन भाग्यवर्धक रहनेछ । आत्मबल विकसित हुनेछ । बौद्धिक कार्यप्रतिको चिन्ता रहनेछ । अपत्यारिलो काम बन्नेछ । उपयुक्त अवसर मिल्नेछ ।

वृश्चिकः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । आटेको काम बन्न कठिन हुनेछ । महत्वपूर्ण कामको आशा नगर्नु नै बेस हुनेछ ।

धनुः दिन उत्कृट रहनेछ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । बुद्धि विवेक सार्थक रहनेछ । पुराना इष्टमित्रसँग भेटघाट हुनेछ । मन प्रसन्न हुनेछ ।

मकरः दिन सार्थक रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । कामप्रति रूचि बढ्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

कुम्भःदिन मध्यम रहनेछ । धार्मिक नेतृत्व गर्ने अवसर पाउन कठिन हुनेछ । शरीरमा रोग व्याधिले सताउन सक्नेछ । स्वास्थ्य कमजोर हुनेछ ।

मीनः दिन प्रतिकूल रहनेछ । कुनै अनिष्ट समाचारले मन विथोल्न सक्छ । धैर्य गर्नु बेस हुनेछ । ठूलो योजनाको काम नगर्नु राम्रो हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here