महन्थ ठाकुर उपराष्ट्रिपति, उपेन्द्रलाई पनि रोजेको मन्त्रालय

क्रमभंगता माहिर प्रचण्डसँग दह्रो संगत बढाएका केपी ओलीले एकैसाथ दुईवटा क्रमभंग गर्न लागेको देखिएको छ । एउटा–मधेसीलाई सम्बन्ध सुधारेर सरकारमा भित्र्याउने । त्यसोत उनले महन्थ ठाकुरलाई ‘उपराष्ट्रिपति बन्न तयार हुनोस्’ भनेर प्रस्ताव नै पठाइसकेका बताइन्छ ।

उपेन्द्र यादवलाई पनि रोजेको मन्त्रालय लिन भनिएको छ । उता, माओवादी नेता देव गुरुङ भने मधेसीसँग मिलेर हामीलाई साइजमा ल्याउने र ‘बार्गेनिङ पावर’ पनि घटाउने योजनामुताविक एमालेले चलखेल शुरु गरेको गुनासो पोख्दै हिँडेका छन् ।

जब दुई कम्युनिष्ट नेताहरु बस्छ्न, बाहिर निस्केका सबै कुरा सकारात्मक भन्ने अनि, बाँकी कार्यदल बसेर विस्तृत कुरा टुंग्याउन बाँकी छ पनि भनिदिने गरिएबाट एमाले र माओवादीका केही नेता एकताप्रति संवेदनशील र इच्छुक छैन् कि भन्ने निश्कर्ष पनि निकाल्न थालिएको जनआस्थामा खबर छ ।

राष्ट्रियसभाको अध्यक्ष रामबहादुर थापा (बादल)लाई बनाउने हो भने माओवादी संगठन विभागको जिम्मा कसले लिने भन्ने समस्या आफ्नो ठाउँमा छ । उता केपी ओलीले ‘ओहो, बादल साँच्चै सहज मान्छे पो रहेछन् । उनी सिट तालमेलको निम्ति माओवादी कार्यदलको संयोजक भएर आएको बैठकमा १५ मिनेटमै कुरा मिल्छ ।’ भन्दै प्रशंसा गरेपछि कथंकदाचित बादल नै एकीकृत पार्टीको महासचिव हुने हुन् कि भन्ने तरंगसमेत दुवैतिर फैलिएको छ ।