नेपालमा पनि यस्तै मन्त्री भइदिए…

एकजना ‘सेक्सी’ सर्बियाली राजनीतिज्ञका उत्तेजक तस्बिरहरू ट्याब्लोइड पत्रिकामा छापिएपछि यहाँ सनसनी मच्चिएको छ । सर्बियाको विदेश मामिला मन्त्रालयकी सल्लाहकार भान्जा हाड्जोभिक अहिले कूटनीतिज्ञको क्यारियर बनाउने प्रयासमा छिन् तर उनका हट फोटोहरू बाहिर आएपछि उनको योजना प्रभावित हुने भएको छ । २७ वर्षीया भाड्जोभिकको तस्बिरहरूले ट्याब्लोइड पत्रिका द डेली ब्लिकले छापेको हो ।

‘कूटनीतिमा लाग्न चाहने युवतीले यस्ता तस्बिर खिचाउनुहुँदैन भन्ने सोच्ने मानिसहरू सर्बियाभित्र र बाहिर पनि उल्लेख्य संख्यामा छन्,’ विदेश मन्त्रालय स्रोतले भन्यो । सोमबार इन्टरनेटमा उत्तेजक तस्बिर फैलिएपछि मिडिया व्यवस्थापनमा स्नातकोत्तर गरेकी भान्छाले त्यसबारे कुनै प्रतिक्रिया दिन चाहिनन् । विदेश मन्त्रायलमा उनका हाकिम रहेका विदेश सचिव इभान म्किर्कले उनलाई सरकारले यसबारे स्पष्टीकरण माग्ने बताए ।

उनले अझै पनि हाड्जोभिक तालिमकै क्रममा रहेकाले उनको कुनै कूटनीतिक हैसियत भइनसकेको स्मरण गराए । तथापि, उनका कामले मन्त्रालयले अप्ठ्यारो महसुस गरेको स्रोतहरूले जनाएका छन् । विदेश सचिव म्किर्कले भने सामाजिक सञ्जालमा तस्बिर हाल्ने उनको अधिकार भएको भन्दै उनलाई बचाउने प्रयास गरे ।

‘सामाजिक सञ्जालमा देखिनु नागरिकको आधारभूत अधिकार हो । तर, हाम्रो मन्त्रालयमा काम गर्ने कर्मचारीले यहाँको मर्यादाअनुसार काम गर्नुपर्छ,’ उनले भने, ‘अहिले उनले आफ्नो फेसबुक प्रोफाइल बन्द गरिसकेकी छन् ।’ उनले ती राजनीतिज्ञले आफ्नो दैनिक कर्तव्य पूर्ण रूपमा पालना गर्ने गरेको भन्दै प्रशंसासमेत गरे ।

विगतमा उनी सोसियालिस्ट पार्टीको युवा संगठनकी उपाध्यक्षसमेत बनेकी थिइन् । यो पार्टीलाई कुनै बेला युद्धअपराधका संदिग्धहरू र स्वर्गीय सर्बियाली नेता स्लोबोडान मिलोसेभिकले नेतृत्व दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here