गधा खाए दिमाग बढ्छ ! चिनियाँहरुले खान्छन् बर्षमा १८ लाख गधा ।

चीनमा अहिले गधाको माग बढ्दो क्रममा छ । यहाँसम्मकी देशभरिमा गधाको सङ्ख्या निकै कम भइसकेको छ । गधाको छाला साथै त्यसको मासुको पनि अत्याधिक प्रयोग हुने भएपछि गधाको मागमा वृद्धि भएको हो ।चीनमा गधाकाे छालाबाट परम्परागत अाैषधी समेत बनाइन्छ जसले यसकाे महत्व अझ बढाएकाे हाे । तर गधाको सुस्त प्रजनन क्षमता अनि अत्याधिक उपभोग हुन थालेपछि चीनबाट अहिले गधा लोप हुने अवस्थामा पुगिसकेको बताइएको हो ।

उता अफ्रिकामा पनि गधाको घट्दो सङ्ख्याले दैनिक जीवनमै धेरै प्रभाव पारिसकेको छ । विशेषगरी त्यहाँका गरिब समुदायले खेती र बहानको रुपमा गधाको प्रयोग गर्ने भएकाले गधाले उनीहरुको जीवनको महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । यसैकारणले अहिले जहाँपनि गधाको चोरी र तस्करी बढिरहेको छ । यसको परिणाम स्वरुप गधाको मूल्यमा पनि दोब्बर वृद्धि भएको हो । यसका कारण पनि चीनमा गधाको आपूर्तिमा कम भइरहेपछि माग बढ्दै गएको हो ।

हरेक वर्ष १८ लाख गधाका छालाहरुको कारोबार हुने गरेको रिपोर्टले जनाएको छ । पहिलेका मानिसहरु पैसाका लागि गाई पालेर गाई बाख्रा बेच्ने गर्थे तर अहिले भने बजारमा गधाको अत्याधिक कारोबार हुन थालेको व्यापारीहरुले बताएका छन् । तर, कतिपय स्थानमा गधाको यस्तो उपयोगबारे आलोचना पनि भइरहेको छ । sajhapost

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here