५ दिनमै धनी बन्न वारेनले गोप्य रुपमा दिए यस्ता सुझाव

धनी बन्न भाग्यले मात्र साथ दिएर पुग्दैन । यसका लागि हामीले आफ्ना केही बानीहरुमा पनि सुधार ल्याउनुपर्छ । विश्वका तेस्रा धनी व्यक्ति वारेन बफेले बताएअनुसार आफूभित्रका केही बानीहरु परिवर्तन गरेमा त्यसले हामीलाई धनी बनाउने बाटोतर्फ लैजानेछ । आफ्ना तिनै ६ बानीहरुका बारेमा वारेनले बताएका हुन् ।

१. कुनै पनि मौका गुमाउनु हुँदैन
हामीले सधैँ आफूलाई एउटा उद्यमीका रुपमा लिनुपर्छ र उद्यमी जसरी सोच्ने गर्नुपर्छ । हरेक समय मौकाको खोजी गर्नतिर लाग्नुपर्छ । बफेले पनि सानैदेखि कमाई गर्ने विभिन्न मौकाको तलाश गरिरहने गरेको बताए । अवसर सानो ठूलो जस्तो भएपनि पनि गुमाउनु हुँदैन । बफेले पनि सुरुवातमा घरघर गएर सोडा बेच्ने गरेका थिए ।

२. कमाईभन्दा खर्च कम गर्नु
हाम्रो खर्च सधैँ हाम्रो कमाई भन्दा कम हुनुपर्छ । त्यसका लागि हामीले अनावश्यक खर्च गर्नबाट बच्नुपर्छ । जस्तै- बफेले आजपनि आफ्नो पुरानै कार चलाउने गर्छन् । यहाँसम्मकि उनले स्मार्ट फोन समेत बोक्दैनन् र पुरानै फोनको प्रयोग गर्छन् ।

३. नयाँ कुरा सिक्ने र नयाँ-नयाँ कुराको जानकारी लिने बानी गर्नु
बफेले अहिले सम्म जति पनि धन कमाएका छन् सबै स्टक मार्केट र इन्भेस्टमेन्टबाटै कमाई गरेका हुन् । त्यसैले उनी आफ्नो सबै समय इन्भेस्टमेन्ट र कम्पनीका बारेमा पढ्नमै बिताउने गर्छन् । उनी आफ्नो क्षेत्रसम्बन्धी सम्पूर्ण जानकारी लिने गर्छन् ।

यसैकारण हामीलाई पनि आफुले काम गर्ने जुनसकै क्षेत्रबाट आदानी गर्नु छ भने त्यससम्बन्धी लगातार जानकारी लिनुपर्छ । यसो गरेमा हाम्रा विकल्पहरु बढ्दै जानेछन् अनि हामी सजिलै सफल हुन सक्नेछौँ ।

४. आफू विश्वस्त नभएसम्म लगानी नगर्ने
बफेका अनुसार आफू पूर्ण रुपमा सन्तुष्ट नभएसम्म कुनै पनि क्षेत्रमा लगानी गर्नु हुँदैन । लगानी गर्नु आफैँमा ठूलो निर्णय भएकाले पनि मनमा थोरै शंका छ भने पनि हामीले लगानी गर्नु उचित हुँदैन ।

५. भीडको पछि लाग्नु व्यर्थ
बफेको भनाइअनुसार यदि हामीले अरु मान्छेले अपनाएकै तरिकाको पछि लाग्यौँ भने हामीले सोचेजस्तो परिणाम कहिल्यै पाउन सक्दैनौँ । अन्य मानिसभन्दा अलग सोच्न सकेमात्र हामी अरुभन्दा सफल हुन सक्छौँ । त्यस्तै सबैको सल्लाह सुन्ने गरेमा पनि हामीमा दुविधा उत्पन्न हुन सक्छ यसैकारण आफ्नो निर्णय सकेसम्म आफैँ गर्नुपर्छ । अन्य मानिसको परिस्थिति आफ्नो भन्दा भिन्दै हुन सक्ने भएकाले त्यही उपाय हाम्रा लागि फाइदाजनक नहुन पनि सक्छ ।

६. सबैभन्दा पहिले आफ्नो सुरक्षामा ध्यान दिनु
बफेका अनुसार ठूलो लाभ हासिल गर्नका लागि ठूलो जोखिम उठाउनु मुर्खता हो । हामीले सबैभन्दा पहिले आफ्नो पैसाको सुरक्षातर्फ केन्द्रित हुनुपर्छ भन्ने उनको भनाइ छ । त्यसैले आफुले लगानी गरिरहेको पैसा नडुबोस् भन्ने कोशिश गर्नुपर्छ र बजेटभित्र रहेर मात्र जोखिम लिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here