जनकपुरवाट भर्खरै आयो संसारलाई दु:खी बनाउने खवर

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ मा एक युवतीमाथि उनकै परिवारले मट्टितेल छर्केर जिउँदै आगो लगाईदिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका हार्सरकी २० वर्षीया हजरा खातुनलाई उनका श्रीमानसहित परिवारका अन्य सदस्यहरुले मिलेर शरीरमा आगो लगाईदिएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । उनको टाउकोमा भन्दा शरीरका अन्य भागहरु जलेको प्रहरीले जनाएको छ ।

घटना गत शनिबारको हो । जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि हाल काठमाडौंको कीर्तिपुरमा उपचार भइरहेको छ । घरायसी विवादमा महिलामाथि आगो लगाएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले हजराको श्रीमान रसिद राइनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको बताएको छ ।

माइती पक्षले छोरी हजराको सम्बन्ध विच्छेद गर्न नमान्दा घरपरिका सम्पूर्ण सदस्यले मटितेल छर्केर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै पाँचजना विरुद्ध उजुरी दिएको छ ।

हजराकी आमा जनकपुर उपमहानगरपालिका २० देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराका श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुनमाथि उजुरी दिएको प्रहरीले जनाएको छ। स्रोत साझापोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here