काँग्रेस र माओवादी मिलेर सरकार बनाउने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाललेलाई कडा चेतावनी दिएका छन् । उनले एमाले बढ्ता भए आफूले फड्को हान्ने बताएका छन् । एमालेसँगको सहकार्य तोडेर काँग्रेससँग मिलेर सरकार गठन गर्ने भन्दै प्रचण्डले घुमाउरो शैलीमा चेतावनी दिएका हुन् । एमाले अध्यक्ष केपी ओलीले एकतालाई थाति राखेर सरकरको तयारी गरेपछि पार्टी एकता नै पहिले हुनुपर्ने भन्दै प्रचण्ड कस्सिएका छन् ।

प्रचण्डले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको बताएका छन् । चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीति संकटबाट देशलाई निकास दिन मियोका रुपमा भूमिका खेल्दै आएको बताएका हुन् ।

राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै अध्यक्ष प्रचण्डले देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताए । ‘मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो । शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छुु ।’ एमालेलाई घुमाउरो शैलीमा चेतावनी दिँदै प्रचण्डलले भने,- ‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फड्काे मार्न सक्छु।’

देशमा अल्पसंख्यक, जनजाति, मधेसी, महिला, दलित, भौगौलिकरुपमा उत्पीडित जनता, किसान र मजदूरका पक्षमा लामो लडाई लडेर शान्ति प्रक्रियासम्म आइपुगेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले १२ बुँदे समझदारी र शान्ति सम्झौता नगरेको भए देश कहाँ पुग्थ्यो ? भन्दै प्रश्न समेत गरे ।

गिरिजाप्रसाद कोइरालाजीसँग बारम्बार छलफल भएपछि देश र जनताको पक्षमा शान्ति सम्झौता गरिएको बताउँदै अध्यक्ष दाहालले भने, युद्धकालसँग जोडेर हामीलाई व्यंग गर्नेहरु पनि छन्, तर इतिहास हेर्दा सम्राट अशोकनै सबैभन्दा पहिले बुद्धको शान्तिको सन्देश विश्वभरी फैलाउने विभूति भएको बिर्सिन मिल्दैन ।

अध्यक्ष प्रचण्डले संविधान निर्माणको बेला देखिएको जटिलता सिर्जना भएको बेला प्रतिपक्षको भूमिका छोडेर मियोको रुपमा काम गरेको, संविधान निर्माण र कार्यान्वयनका बेला बिभिन्न पार्टी र समूहबीच तिक्तता बढेको बेला मध्यस्थताको भूमिका निर्वाह गरेको स्मरण गर्दै भने, इतिहासमा मेरो भूमिका राजनीतिक शक्तिदेखि बिभिन्न सामाजिक, सांस्कृतिक भौगौलिक जातजाति, समूह वर्गका बीचका विवादलाई साम्य पार्ने मियोको रुपमा रहँदै आएको छ । अहिले पनि म सबैको भूमिकाको मूल्यांकन गर्दै समृद्धिको यात्राको संकल्प बोकेर अघि बढेको छु ।

दोश्रोपटक प्रधानमन्त्री बन्नुपरेको सन्दर्भको चर्चा गर्दै अध्यक्ष प्रचण्डले देशको राष्ट्रियता, एकता र अखण्डता तथा सबै समूहबीचको सदभावका लागि आफूले खेलेको भूमिकाको जनताले उचित मूल्यांकन गरेको बताए । देश नै टुक्रिने होकि भन्ने आशंका रहेको बेला सबैलाई एकै ठाउँ ल्याएर स्थानीय निकायको निर्वाचनको वातावरण तयार गर्नु निकै ठूलो चुनौती भएपनि जनताप्रतिको उत्तरदायित्वबोध गरेर सबैलाई मिलाएर अघि बढ्न सकेको उनले दाबी गरे ।

उनले भने, मेरो भूमिका देखेरनै होला, गिरिजाप्रसाद कोइरालाले मलाई अब देश तपाईको काँधमा छ भनेर अस्पतालको सैय्याबाट भन्नुभएको थियो, मेरो भूमिका सधैं सबैलाई मिलाउने, अप्ठ्यारो परेको बेला गाँठो फुकाउने र जनतालाई अधिकार सम्पन्न बनाउने रहँदै आयो । अहिले पनि यही भूमिकामा छु । भोलीका दिनमा समृद्ध नेपालका लागि जस्तोसुकै भूमिका खेल्न पनि म तयार छु ।

धार्मिक कार्यक्रममा सहभागी हुने कुरालाई गलत रुपमा चित्रण गरिएकोमा आपतत्ति प्रकट गर्दै उनले राज्यले धार्मिक आस्थाका आधारमा विभेद गर्दै आएकोले धर्म निरपेक्षताको लडाई आफूहरुले नै लडेको जिकिर गरे । कार्यक्रममा अध्यक्ष प्रचण्डले गुम्बाको उद्घाटनका साथै अवलोकन समेत गरेका थिए। अध्यक्ष दाहाल शुक्रबार गृहजिल्ला चितवन पुगेका हुन् ।

अाेलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद आफुले नै हडप्न खोजेपछि प्रचण्डलाई अप्ठ्यारो परेको छ । चुनावी तालमेल हुनुपूर्व ओली-प्रचण्डबीच एउटाले पार्टी र अर्कोले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर अहिले आएर ओली पूर्वसहमतिबाट पछि हटेको भन्दै राष्ट्रपति बिद्या भण्डारी समेत ओलीसँग रिसाएकी थिइन् ।

ओलीले बोलि फेरेको भारतीय बिदेशमन्त्री शुष्मा स्वराज नेपाल भ्रमण गरेर फर्केपछि ओली सरकार गठन गर्ने तरखरमा छन् । माओवादीले त्यो बिषय असह्य भएको छ ।

पछिल्लो समय प्रचण्डले प्रचण्डले पार्टी एकता नभए बामगठबन्धन धरापमा पर्न सक्ने पनि बताउदै आएका छन् । एक टीभी च्यानलाई दिएको अन्तर्वार्तामा उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै एमाले अध्यक्ष केपी ओलीलाई दिन नसकिने पनि बताएका छन् ।

‘मैले केपीजीलाई भनेको छु, जे सजिलो हुन्छ त्यो गर्नुस् । केपीजीलाई उमेरका हिसाबले उहाँले नै निर्णय गर्न मैले भनिरहेको छु । अध्यक्ष ठिक छ अध्यक्षमै बस्नुस्, प्रधानमन्त्रीमा ठिक छ प्रधानमन्त्रीमै बस्नुस्, जेमा सहज हुन्छ त्यो गर्नुस् । एकता सबैलाई सहज हुनुपर्ने गरि हुनुपर्छ । तर छलफलमा दरार केहीमा छैन । कसैले सबैथोक राख्यो भने एकता कसरी हुन्छ र ? ’ प्रचण्डले भनेका छन्

अन्तर्वार्तामा प्रचण्डले भनेका छन्

–पार्टी एकता र गठबन्धनको चुनौति म के देख्छु भने यदि पार्टी एकता भएन भने गठबन्धन नै धरापमा पर्छ कि जस्तो चिन्ता मलाई लाग्न थालेको छ । पहिला पार्टी एकता भइदिए राम्रो । म त्यसैको प्रयासमा छु । यदि पार्टी एकता भएन भने पनि सरकार गठनबन्धनकै हुन्छ । सबै कुरा हेर्दा गठबन्धनको सरकार बन्दा केपी ओलीको नेतृत्वमा नै बन्छ । गठबन्धनको सरकार बनिसके पछि पनि एकिकरणको प्रक्रिया अगाडि बढी रहन्छ । नेपालको राजनीतिक इतिहासमा एमाले र माओवादी दुई धार हुन् । दुई धारबीच एकता हुँदा एकअर्कामा विलिन हुने कुरा हुनै सक्दैन । दुवै पक्ष सम्मानित भएर दुवै पक्षको कार्यकर्तामा ठूलो उत्पसाह थपे मात्र एकता हुने हो ।

–पार्टी एकता हुँदा तलदेखि माथिसम्म सबैलाई सहज हुने गरि हुनुपर्छ । तलदेखि माथिसम्म एकता भयो भने मात्र सबैले राम्रो महसुस गर्न सक्छ । त्यस्तो गरे मात्र एकता सफल हुनसक्छ । पार्टीका दुईजना अध्यक्षले एउटाले पार्टी र अर्कोले सरकार हेर्ने गरि मिलाउँदा सबभन्दा उचित हुन्छ । र, जनताको मनोविज्ञान बुझ्दा त्यही रहेको छ । यो भन्दा बाहिर जाँदा अप्ठ्यारा आउन सक्छ । तर अरु विकल्प नै छैन भने होइन मैले केपीजीलाई भनेको छु, जे सजिलो हुन्छ त्यो गर्नुस् । केपीजीलाई उमेरका हिसाबले उहाँले नै निर्णय गर्न मैले भनिरहेको छु । अध्यक्ष ठीक छ अध्यक्षमै बस्नुस्, प्रधानमन्त्रीमा ठिक छ प्रधानमन्त्रीमै बस्नुस् । जेमा सहज हुन्छ, त्यो गर्नुस् । एकता सबैलाई सहज हुनुपर्ने गरि हुनुपर्छ । छलफलमा दरार केहीमा छैन । कसैले सबैथोक राख्यो भने एकता कसरी हुन्छ र ?

–पछिल्लो पाँच वर्षमा एकताका लागी एमाले र माओवादी केन्द्रबीच पच्चासौं पटक वार्ता भएको हो । यो कुरा कसैलाई थाह छैन । दिल्लीमा भएको १२ बुँदे सम्झौता थाहा छ । सिलगुडीमा भएको वार्ता थाह छ । वामदेव गौतम र युवराज ज्ञवालीलाई रोल्पाको लोसेवाङ्गमा घोडा चढाएर लगेर पार्टीको लाइन अनुसार एकता गर्ने लिखित सम्झौता भएको थियो ।

–अर्को कुरा ७० वर्षको इतिहासमा हुन नसकेको काम हामी गर्न लागेका छौँ । गठबन्धनको बहुमत सरकार बनाउन लागेका छौँ । आाउने दश वर्ष विकासको वर्ष बनाउन सक्नुपर्छ हामीले । सुशासन, स्थायीत्व र विकास यसैमा फोकस गरेर अबको सरकार अगाडि बढ्नुपर्ने हुन्छ । यही उद्देश्यका नीम्ति वाम गठबन्धनको सरकार बनाउन लागेको हौं । र, यसलाई जनताले पनि अनुमोदन गरिसकेको छ । सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता होस् भनि हामीले चाहेका हौं ।

पहिलो चोटी सरकारमा सहभागी हुँदै गर्दा शान्ति प्रक्रिया टुग्यांउने मुख्य उद्देश्य थियो । दोस्रो पटक सहभागि हुँदा पनि सेना समायोजन हुन्छ कि हुँदैन, हतियार व्यवस्थापन हुन्छ कि हुँदैन यो कुरामा राष्ट्रमा मात्र होइन, अन्तराष्ट्रिय जगतमा पनि सर्वाधिक चासोको विषय थियो त्यसलाई हामील आफ्नै नेतृत्वको पालामा टुग्याई दियौँ । हामीले एउटा सफल स्टोरी कायम गरेका छौँ जो दुनियाँमा कतै भएको थिएन ।

–दोस्रो पटक म आफै प्रधानमन्त्री बन्दा सविधान संशोधन कसरी गर्ने एकखालको अन्योल थियो । सविधान विघटन हुन्छ कि जस्तो अवस्था थियो त्यसको सामना गर्दै हामी कार्यान्वयनतर्फ लग्यौँ । यी सब कुरालाई सानो उपलब्धीका रुपमा लिन सकिदैनँ, अझै भन्नुहुन्छ भने लोडसेडिङ्ग अन्त्य गर्नुदेखि लिएर बाटो फराकिलो, आर्थिक वृद्धिदर बढाउने कामदेखि लिएर सबैलाई मिलाएर लग्ने काम गरेका थियौ र त्यो हाम्रै नेतृत्वमा सफल भएको हो ।ancharkendra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here