जीवन बचाऔं नेपालद्वारा महिलाको उद्धार

जीवन बचाऔं नेपाल नामक गैरसरकारी संस्थाको पहलमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ फाखेलवाट एक महिलालाई उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएकी उनि आफ्नो नाम र ठेगाना समेत बताउन सक्ने अवस्थामा नरहेको संस्थाका राष्ट्रिय निर्देशक जीवन रायमाझीले बताए ।

गत बिहिवार उद्धार गरी उनलाई ललितपुरको एकान्तकुनास्थित रिदम मानसिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको राष्ट्रिय निर्देशक रायमाझीले बताए । पिडित महिला घरेलु हिंसाका कारण मानसिक रोगी भएको आशंका समेत गरिएको छ ।

स्थानीय जनप्रतिनिधिको आग्रहमा काठमाडौंवाट गई उद्धार गरिएको रायमाझीले बताए । जीवन बचाऔं नेपालले तीन बर्षदेखी मानव बेचविखन, महिला र बालबालिका हिंसा विरुद्धमा काम गरिरहेको छ ।

जीवन बचाऔं नेपालद्वारा पिडित महिलाको उद्धार गरिएको भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here