आफ्नै बोलीमा टिक्न सकेनन् प्रधानमन्त्री ओली

काठमाडौं, १९ जेठ ।
सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री केपी ओलीले दुई उपप्रधानमन्त्री समेत थप गरेका छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपालबाट एक उपप्रधान मन्त्री र एकलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । फोरमबाट सरकारमा दुई मन्त्रीले सपथ लिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

प्रधानमन्त्री ओलीले रक्षा मन्त्री इश्वर पोखरेल र स्वस्थ्य मन्त्रीमा नियुक्त हुनु भएका उपेन्द्र यादवलाई पनि उपप्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ । त्यस्तै सरकारका प्रवक्ता सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाको पनि बढुवा भएको छ । शुक्रबार सांझ पोखरेल, यादव, बस्कोटा संगै सहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राइनले राष्ट्रपति बिद्यादेबी भण्डारीसंग सपथ लिनुभएको समाचारपत्र दैनिकमा खबर छ ।

गत फागुन ३ गते केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन । सरकार र संघीय समाजवादी फोरम नेपालबीच २ बुँदे सहमति भएपछि फोरम सरकारमा सहभागी भएको हो । दुई मन्त्रालयमा विभागीय मन्त्री नहुँदा मन्त्रालयस्तरबाट हुने काम प्रभावित हुँदै आएको थियो । ओली नेतृत्वको सरकारमा यस अघि २२ सदस्यीय मन्त्रिपरिषद् रहेको यियो ।

संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहनुभएका उपेन्द्र यादव र मोहम्मद इस्तियाक राइनलाई शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो । यादवले स्वास्थ्य तथा जनसंख्या र राइनले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यस अघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आउनुभएको थियो । फोरमले समयमा नै मन्त्री छनोट गर्ने निर्णय गर्न नसक्दा सरकारले पूर्णता पाउन सकेको थिएन । यस अघि उपप्रधानमन्त्री नराख्ने सार्वजनिक घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले राज्यको ढुकुटी दोहन गर्न दुई मन्त्रीलाई उपप्रधानमन्त्रीमा बढुवा गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here