नेपाल प्रहरीले माग्यो आठ हजार थप दरबन्दी

काठमाडाैं, २० जेठ । 
नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ । मुलुकको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो । उनले भने-‘नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले सरकारसँग आठ हजार प्रहरी कर्मचारीको थप दरबन्दी माग गरिएको जानकारी दिए । ‘मुलुकको प्रत्येक स्थानीय तहमा प्रहरीको उपस्थिति हुन कम्तीमा एक युनिट राख्नैपर्ने हुन्छ । यसका लागि गृह मन्त्रालयसँग थप दरबन्दी माग गरिएको छ ।’

एसएसपीदेखि सिपाहीसम्म माग
प्रहरी प्रधान कार्यालयका अनुसार थप दरबन्दीमा एसएसपीदेखि सिपाहीसम्मको दर्जा रहेका छन् । प्रदेश नम्बर १, ३, ४, कर्णाली प्रदेश र प्रदेश ७ मा साबिककै क्षेत्रीय प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयमा रूपान्तरण गरिएको छ । तर, प्रदेश नम्बर २ र ५ मा भने नयाँ संरचना खडा गरिनुपर्ने भएकाले प्रहरी कर्मचारीको थप दरबन्दी आवश्यक रहेको कार्यालयले जनाएको छ । त्यस्तै, साबिकको ७५ बाट बढाएर ७७ जिल्ला बनाइएको छ । थप गरिएको जिल्लामा कम्तीमा डिएसपीदेखि सिपाहीसम्मको दरबन्दी आवश्यक छ ।

नयाँ संरचना खडा गर्नुपर्ने अवस्था
प्रहरी प्रवक्ता एसएसपी थापाले केही ठाउँमा नयाँ संरचना खडा गर्नुपर्ने स्थिति रहेको बताए । ‘केही ठाउँमा पुरानै संरचनालाई नयाँ रूपमा रूपान्तरण गरियो । कतिपय ठाउँमा त संरचना नै नयाँ खडा गरिनुपर्छ । खासगरी, प्रदेश २ र ५ मा यस्तो स्थिति छ । सुरक्षाकै कारण मुलुकका २४३ स्थानीय तहमा अहिलेसम्म वाणिज्य बैंक पुग्न सकेको छैन । जसकारण, स्थानीय सरकारलाई बजेट परिचालन गर्न समस्या परेको नयाँ पत्रिकामा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here