काठमाडौंमा प्रत्येक महिना ब्रेनडेथबाट २० को मृत्यु

काठमाडौं, २० जेठ ।
ब्रेनडेथ भएका व्यक्तिका विभिन्न महत्वपूर्ण अंग अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । तर, दुर्भाग्य के छ भने ब्रेनडेथ भएका व्यक्तिको अंग प्रत्यारोपणमा जिम्मेवार स्वास्थ्य संस्थाहरू नै बाधक बनेका छन् ।

हरेक महिना २० जनाको ‘ब्रेनडेथ’
२४ सै घन्टा अंग प्रत्यारोपण केन्द्र ‘ब्रेनडेथ’को केस फेला पार्ने प्रतीक्षामा छ । तर, कुनै पनि सरकारी तथा निजी अस्पतालले अहिलेसम्म केन्द्रमा खबर गरेका छैनन् । महिनामा कम्तीमा २० वटा ‘ब्रेनडेथ’का केस भएर पनि केन्द्रलाई अस्पतालहरूले जानकारी नदिएका हुन् । समन्वय अभावकै कारण ‘ब्रेनडेथ’ कार्यक्रम नै बन्द हुने करिब निश्चितजस्तो देखिएको नयाँ पत्रिकामा खबर छ ।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ एक व्यक्तिको अंगबाट पाँचजनालाई नयाँ जीवन दिन सकिने बताउँछन् । तर, निजी चिकित्सकहरू भने केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यशैलीका कारण समन्वय नभएको आरोप लगाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here