नेकपाका तल्ला कमिटीको मोडल तयार, यस्तो छ मापदण्ड

काठमाडौं, २० जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तत्कालीन दुई पार्टीका संगठनलाई प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गर्न मापदण्ड तयार गरेको छ ।

प्रदेश, जिल्ला र स्थानीय कमिटी गठनको मापदण्ड

प्रदेश र जिल्ला संगठनमा अध्यक्ष, सचिव र सदस्यहरुमात्रै रहने गरी कमिटी बन्ने छन् । प्रदेश कमिटी कम्तिमा १५१ सदस्यीय हुने छ । जिल्ला कमिटी भने न्यूनतम कम्तिमा ७५ सदस्यीय हुने छ । तर, प्रदेश र जिल्लाअनुसार कमिटीको आकार केही फरक पर्नसक्छ । प्रदेश र जिल्ला कमिटी सचिवालय भने कमिटीको कूल संख्याको एक तिहाई आधारको बन्ने नयाँ पत्रिकामा खबर छ ।

एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा भने प्रत्येक निर्वाचन क्षेत्रबराबर ५ सदस्य थपेर कमिटी बनाइने छ । जसअनुसार काठमाडौमा १२५ सदस्यीय जिल्ला कमिटी बन्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here