निगरानीमा कामचोर ठेकेदार, गृह मन्त्रालयमा रेकर्ड

काठमाडाैं, २० जेठ ।
सम्झौताअनुसार तोकिएको समयमा काम नसक्ने ठेकेदारविरुद्ध प्रशासन कडा बन्दै गएको छ । कर्णाली प्रदेशभित्रै सञ्चालित योजना सम्झौताअनुसार म्यादभित्रै सम्पन्न नगर्ने ठेकेदार र उनहरु सम्बद्ध कम्पनीको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाउनेदेखि स्थानीयस्तरमै पनि निगरानी र कारवाही प्रक्रिया सुरु गरिएको क्षेत्रिय प्रशासक रामप्रसाद थपलियाले जानकारी दिए ।

अधिकांश जिल्लाले सम्झौताअनुसार समयमै काम नगर्ने ठेकेदार र सम्बद्ध कम्पनीका नाम गृह मन्त्रालयमा पठाएर हामीलाई बोधार्थ दिएका नागरिकमा खबर छ । कर्णाली प्रदेश सरकारका प्रमुख सचिवसमेत रहेका थपलियाले भने, केही जिल्लाको विवरण दुईतीन दिनमै संकलन गरेर गृहमा पठाउँदैछौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here