नेपाल–भारत इपिजीको अन्तिम बैठक १५ र १६ असारमा

काठमाडौं, २० जेठ |
१८ देखि २० जेठका लागि डाकिएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को अन्तिम बैठक १५ र १६ असारमा बस्ने तय भएको छ । भारतीय सदस्यहरूको प्रस्तावमा बैठकको मिति तय भएको हो । यसअघि आठवटा बैठक बसिसकेको इपिजीको म्याद २० असारमा सकिँदै छ । बैठकमा दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सके साझा प्रतिवेदन तयार हुनेछ । तर, यसबारे भारतीय सदस्यले स्पष्ट जवाफ नदिँदा सहमति हुने–नहुने निश्चित भइनसकेको नेपाली पक्षको बुझाइ छ ।

बैठकमा दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सके साझा प्रतिवेदन तयार हुनेछ । तर, यसबारे भारतीय सदस्यले स्पष्ट जवाफ नदिँदा सहमति हुने–नहुने निश्चित छैन । २९ र ३० चैतमा दिल्लीमा बसेको इपिजीको आठौँ बैठकमा १९५० को नेपाल–भारत सन्धि र नेपाल–भारत सीमा नियमनको विषयमा आठ घन्टाभन्दा लामो छलफल भएको थियो । सोही बैठकले १८ देखि २० जेठसम्म तीन दिन काठमाडौंमा अन्तिम बैठक गर्ने र सहमतिको साझा प्रतिवेदन दुवै सरकारलाई बुझाउने सहमति निकालेको नयाँ पत्रिकामा खवर छ ।

‘हामी छलफलमै छौँ, तोकिएको समयमा काम सम्पन्न गर्नेमा विश्वस्त भएर लागेका छौँ,’ इपिजी नेपाल संयोजक डा. भेषबहादुर थापाले नयाँ पत्रिकासँग भने । यथास्थितिमा सन्धि नरहने स्पष्ट भए पनि सन्धिले कुन स्वरूप लिनुपर्छ भन्नेमा अझै निश्चित नभएको नेपाली पक्षको बुझाइ छ । एक नेपाली सदस्यले नयाँ पत्रिकासँग भने, ‘भारतीय मित्रहरूबाट स्पष्ट जवाफ पनि आएको छैन, उहाँहरूको सक्रियता पनि हामीले अपेक्षा गरेअनुसारको छैन ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here